काठमाडौं,भदौ २१
देशमा सडक सञ्जालको विस्तार भएसँगै देशभर सवारी साधनको संख्या बढिरहेको छ । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा सात वटै प्रदेशमा गरी सवारी साधनको संख्या ३२ लाख २१ हजार पुगेको छ । सवारी संख्या बढे पनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन ।
अझ सहरी क्षेत्रमा पछिल्लो समय ट्राफिक जामसमेत बढेको छ । यातायात व्यवस्थ विभागका अनुसार संघीय संरचनामा ७५३ स्थानीय तह बनेपछि सवारी साधनको संख्या झन बढेको हो ।
प्रदेश १ मा ४ लाख २२ हजार, प्रदेश २ मा ८ लाख ६७ हजार, प्रदेश ३ मा ११ लाख ७२ हजार, गण्डकी प्रदेशमा १ लाख ६७ हजार, प्रदेश ५ मा ५ लाख २७ हजार, कर्णाली प्रदेशमा ८ सय ११ वटा र प्रदेश ७ मा ६२ हजार सवारी दर्ता भएको विभागले जानकारी दिएको छ । दर्ताका आधारमा सबैभन्दा बढी प्रदेश ३ र कम कर्णाली प्रदेशमा छन् ।