७७ जिल्लामै लम्पी स्किनः १ खर्ब ३८ अर्ब क्षति हुने अनुमान

३० असार,काठमाण्डौ ।
मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

तीन वर्षअघि मोरङको सुन्दरहरैँचाका गाईमा देखापरेको लम्पी स्किन नामक संक्रामक रोग ७७ जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार तीन वर्षमा किसानका २८ हजार गाईभैँसी (दुधालु, गर्भिणी, बाच्छाबाच्छी) मरेका छन । ०७९ चैतबाट महामारीको रूप लिएको लम्पी स्किनको संक्रमण सात लाख ८२ हजार पशुमा भएको पशु विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए ।

Advertisement

हाल सातवटै प्रदेशमा लम्पी स्किनका सक्रिय संक्रमित पशुको संख्या दुई लाख ३२ हजार छ । लम्पी स्किनको कारण सबैभन्दा धेरै क्षति सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिममा १० हजार नौ सय ३९ पशु मरेका छन् भने ५३ हजार तीन सय १६ सक्रिय संक्रमित छन । संक्रमणको हिसाबले सबैभन्दा अगाडि कर्णाली छ । त्यहाँ संक्रमित पशुको संख्या ६० हजार दुई सय नौ पुगेको छ ।

गाईभैँसीका बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणीलाई बढी असर गर्ने लम्पी स्किनका कारण नेपालमा ३८ अर्ब ४१ करोडको क्षति भएको छ । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले यस रोगका कारण एक खर्ब ३८ अर्बको क्षति हुन सक्ने आकलन गरिएको बताए ।यसैबीच लम्पी स्किन नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानसम्बद्ध संघसंगठनले आन्दोलनको घोषणा गरेका छन ।

Advertisement

राष्ट्रिय किसान सञ्जालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी खोपको उपलब्धता र मरेका पशुको बिमाबापतको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सात दिनको अल्टिमेटम दिएको छ । यस्तैलम्पी स्किनबारे संसदमा पनि प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले रोग रोकथामबारे गरेका कामकारबाहीबारे जानकारी गराउन शुक्रबार कृषि मन्त्री वेदुराम भुसाललाई रुलिङ गरेका छन्  ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top