आज तेस्रो दिन पनि नेप्सेमा पहिरो

१० साउन ,काठमाण्डौ ।

Advertisement

मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ८.११ अंकले घट्दै २१ सय ५६.२० अंकको विन्दुमा ओर्लिएको छ ।

आजसम्म गरी तीन दिनमा ७० अंकमाथिले नेप्से सूचक घटेको हो ।नेप्से सूचकमा गिरावट आउँदै गर्दा यता कारोबार समेत खस्किन पुगेको छ । नेप्सेका अनुसार आज ८ अंकले घटेको बजारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।

Advertisement

आज १३ वटा उपसूचकमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् ।किसान लघुवित्त वित्तीय संस्थका सेयरधनीले आज अधिकतम ६.९६ प्रतिशतले कमाएका छन् भने जाल्पा सामुदायिक वित्तीय संस्थाका सेयरधनीले ६.४९ प्रतिशतले गुमाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top