×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

११ श्रावण २०८०

११ साउन, एजेन्सी ।
फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने तय भएको हो।नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ।

पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ। फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्। जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ। पहिलो चरणमा नेपालसँगै २० देश ले प्रतिस्पर्धा गर्दैछन्। एसिया वरीयताको पुछारका २० लाई पहिलो चरणमा प्रतिस्पर्धा गराउन लागिएको हो।
फिफा विश्वकप र एसियन कप छनोटको पहिलो चरण : 

Advertisement
Advertisement

अफगानिस्तान विरुद्ध मंगोलिया

माल्दिभ्स विरुद्ध बंगलादेश

सिंगापुर विरुद्ध गुआम

यमन विरुद्ध श्रीलंका

म्यानमार विरुद्ध मकाउ

कम्बोडिया विरुद्ध पाकिस्तान

चाइनिज ताइपेइ विरुद्ध इस्ट टिमोर

इन्डोनेसिया विरुद्ध ब्रुनाई

हङकङ विरुद्ध भुटान

नेपाल विरुद्ध लाओस

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ टिमबीच प्रतिस्पर्धा हुने तय भईसकेको छ । एसियन कप २०२७ मा २४ टिमबीच भिडन्त हुनेछ। फिफा विश्वकप २०२६ मा एसियाका लागि ८ टिमको कोटा छ। यस्तै एसियाका एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्।

प्लेअफ जितेको अवस्थामा २०२६ मा एसियाबाट ९ टिमले विश्वकपमा भाग लिन सक्नेछन्। फिफा विश्वकप २०२६ एसिया छनोटको पहिलो राउन्डमा २० टिम सहभागी हुने भएका छन्। जसमा एएफसीको वरीयतामा रहेका २७ देखि ४६ औं स्थानका टिम हुनेछन्। २० टिममध्ये दुई–दुई टिम एकआपसमा भिड्नेछन्। १० विजेता दोस्रो राउन्डमा पुग्नेछन्।

एएफसीका अनुसार पहिलो राउन्ड अक्टोबर २०२३ मा हुनेछ। यस्तै दोस्रो राउन्डमा १ देखि २६ औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका १० टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ। ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ। एक समूहमा चार टिम हुनेछन्। होम एन्ड अवेका आधारमा समूहको प्रतिस्पर्धा हुनेछ।

९ समूहको विजेता र उपविजेता गरी १८ टिम एएफसी एसियन कपमा पुग्नेछन् भने फिफा विश्वकप छनोटको तेस्रो राउन्डमा पुग्नेछन्। दोस्रो राउन्ड मार्च २०२४ मा हुनेछ। विश्वकप छनोटको दोस्रो राउन्डको प्रतिस्पर्धामा समूहमा तेस्रो र चौथो भएका १८ टिम पुग्नेछन्।

Advertisement
Advertisement

यस्तै पहिलो चरणमा पराजित भएका १० टिमबाट प्लेअफ गराउँदै ५ टिम पनि छनोटमा पुग्नेछन्। पहिलो चरणमा पराजित हुने एउटा उत्कृष्ट वरीयताको टिम छनोटमा पुग्नेछ। यसरी २४ टिमबीच छनोट हुनेछ। ६ समूहका शीर्ष ६ टिम एसियन कप २०२७ मा पुग्नेछन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top