×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सभामुखलाई राजीनामा गराएर गठबन्धनले कोशीमा सरकार बनाउँने

१३ श्रावण २०८०

१३ साउन, विराटनगर ।
कोशी प्रदेशका दुई वा दुईभन्दा धेरै दलको सहभागितमा नयाँ सरकार निर्माणका लागि फेरि आह्वान भएको छ । सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्।

अब आउँदो मंगलबार अपरान्ह ५ बजेभित्र दलहरुले आफ्नो दाबी पेस गर्नु पर्ने छ । शुक्रबार कोशी प्रदेश एमाले संसदिय दलका नेता हिक्मत कार्कीले नेपाली काँग्रेससंग मिलेर आफूहरु सरकार बनाउँन तयार रहेको बताएका थिए ।

Advertisement
Advertisement

तर सत्तारुढ गठबन्धनले भने विगतकै सरकारलाई निरन्तरता दिने गरि प्रयास बढाएका छन् । यसका लागि कांग्रेस र माओवादी केन्द्र कोशीका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भए पनि निकास खोज्न सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच छलफल भएको थियो । ‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा दुई दल सहमति नजिक पुगेका छन् ।

सभामुखले राजीनामा गरेर सरकार बनाउने कुरामा छलफल भएको छ । राजीनामा गराएर नै ४७ पु¥याउनु पर्छ भन्ने भएको छ,’ गठबन्धनका एक नेताले जानकारी दिए । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा बारेमा भने छलफलले निष्कर्ष निकाल्न सकेन ।

कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अघि सार्ने कुरामा सहमति बन्न सकेको छैन । ‘उद्धव थापालाई नै बनाउने कि अर्को व्यक्ति बनाउने टुंगो लाग्न सकेन,’ ति नेताले भने । मुख्यमन्त्रीभन्दा पनि छलफलमा संख्याको बारेमा कुरा भएको बताइएको छ ।

मुख्यमन्त्रीको सन्दर्भमा पुन छलफल गर्ने सहमति बनेको छ । साथै, बैठकमा राप्रपासँग पनि कोशी सरकारको बारेमा छलफल गर्ने कुरा भएको छ । थप छलफलका लागि आज पुनः वा भोलि बैठक बस्ने नेताहरूबीच सहमति बनेको छ । आज भोलि नै राप्रपासँग पनि छलफल गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उप सभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए । शुक्रबार विराटनगर पुगेर केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि कोशी प्रदेशमा फेरि उद्धव थापाको नेतृत्वमा सरकार गठन हुने बताएका थिए ।

जबकी यसअघि थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा शेखरले समामुखको हस्ताक्षर असंवैधानिक भन्दै आपत्ति जनाएका थिए । यसबारे पनि बोल्दै उनले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले अन्य राजनीतिक दललाई यससम्बन्धी पाठ सिकाउने धारणा राखे ।

गठबन्धन दलहरु सभामुखलाई राजीनामा गराउन सहमति नजिक पुगेका बेला कोइरालाको यस्तो बयान आएको हो । सरकार गठनका लागि ९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन ।

अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस–माओवादीको प्रयास जारी रहेको छ । गठबन्धनलाई बहुमत संख्या ४७ पु¥याउन सभामुखलाई राजीनामा गराएर मात्रै सम्भव छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top