×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

सुनकाण्डको अनुसन्धान नभए कांग्रेसले मन्त्री फिर्ता बोलाउने

१४ श्रावण २०८०

१४ साउन, काठमाण्डौ ।
सत्तारुढ नेपाली कांग्रेसले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा माग्ने भएको छ । कांग्रेस सांसद प्रदीप पौडेलले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक÷एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए ।

नेता पौडेलले भने, ‘गहिरोसँग सुनकाण्डको अनुसन्धान नगरी भरियालाई देखाएर टार्ने काम भए हामीले कांग्रेसका मन्त्रीहरूको राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’ नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए ।

Advertisement
Advertisement

सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरूलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे । यसअघि भने काँग्रेस सांसद डा. सुनिल शर्माले माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी र काँग्रेसबाट अर्थमन्त्री बनेका प्रकाश शरण महतको राजीनामा मागेका थिए । आफ्नो माग पुरा नभए उनले संसदमै अनसन बस्नेसमेत चेतावनी दिएका थिए ।

यसैबीच माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि सुन तस्करी प्रकरणबारे सवाल जवाफ भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिरहेका बेला माओवादी पदाधिकारी बैठकमा यस विषयले प्रवेश पाएको हो ।

इटाली भ्रमण सकेर स्वदेश फर्किएमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार बालुवाटारमा पदाधिकारी बैठक डाकेका थिए । सो बैठकमा सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री दाहालले विशेष चासो राखेका थिए । यस विषयमा गृहमन्त्री श्रेष्ठले ब्रिफिङ गरे ।

सुन तस्करी प्रकरणसहित ललिता निवास प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले बढी नै उत्तेजित भएको बैठकको निष्कर्ष रहेको माओवादीका एक उच्च नेताले बताए । ’सरकारले भ्रष्टाचारका फाइल खोल्दा एमालेको बढी नै टाउको दुखेको बैठकको निष्कर्ष रह्यो। रह्यो कुरा सुन तस्करी प्रकरणको, यसमा जोसुकै दोषी देखिए पनि उम्किँदैन ।

मिहिन ढंगले छानबिन भइरहेको छ,’ ती नेताले भने । दाहाल नेतृत्वको सरकारले हालसम्म राम्रो ’पर्फमेन्स’ गरिरहेको बैठकको अर्को निष्कर्ष थियो । प्रचण्डले विमानस्थलमा भने हतारमा राजीनामा मागिएको भन्दै राम्रो संस्कार नभएको प्रतिक्रिया दिएका थिए ।

Advertisement

सुन तस्करी प्रकरणमा अहिलेसम्म करिब २ दर्जन ब्यक्ति पक्राउ परेपनि अझै यसका मालिक भने पक्राउ पर्न सकेका छैनन् । यस प्रकरणमा आज मात्रै ठमेलको होटल भियनाका संचालक दावा छिरिङ पक्राउ परेका छन् । सुनतस्करी प्रकरणमा नै होटल भियनामा राजस्वले छापा हानेको थियो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top