साताको पहिलो दिन पनी नेप्सेमा गिरावट

१३ साउन ८०, आइतबार

१४ साउन,काठमाडौं ।

Advertisement

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।गत सोमबारदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तर पाएको हो।आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँ पुगेको छ।यस दिन २६६ वटा धितोपत्रको ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच भएको हो।

Advertisement

आइतबार पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ३.५६ प्रतिशतले बढेको छ।उक्त कम्पनीको सेयर मूल्य २६१ रुपैयाँ ९० पैसा पुगेको छ।यस्तै, सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ३.०६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६१७ रुपैयाँ ३० पैसा कायम भएको छ।सेयरमूल्य सर्वाधिक घट्नेमा मनकामना स्मार्ट लघुवित्त रहेको छ।

उक्त कम्पनीको मूल्य ६.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७७० रुपैयाँमा सीमित भएको छ।यस्तै, अभियान लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७४० रुपैयाँमा झरेको छ।आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

Advertisement

उक्त कम्पनीको प्रतिकित्ता ६०२ रुपैयाँमा १४ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा २.११ प्रतिशत घटेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४४७ रुपैयाँ ९० पैसामा ११ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.३२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ।यस्तै होटल्स तथा पर्यटन समूहको परिसूचक २.०८ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top