×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

क्यानडाका प्रधानमन्त्रीको हृदयस्पर्शी प्रेम कथा देखि ‘डिभोर्स’ सम्मको यात्रा….

१८ श्रावण २०८०

१८ साउन, एजेन्सी ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन्। ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सोफीले सन् २००५ मा विवाह गरेका थिए। ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय ग¥यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

‘एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’ सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा राखेकी छन्। ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए। अन्तराष्ट्रिय संचारमाध्यामहरुका अनुशार उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो। ट्रुडो र सोफीका तीन सन्तान छन्।

Advertisement
Advertisement

छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा पनि केही समय बिताउने बताइएको छ। क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् । यद्यपि दुवै सार्वजनिक कार्यक्रमहरुमा देखिने छन् । विगतमा भने उनीहरु सँगै सार्वजनिक कार्यक्रममा कम देखिएका थिए ।

ट्रुडोले आफूहरुको र बच्चाहरुको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोधसमेत गरेका छन् । सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो। सोफी मनोरञ्जन पत्रकार र योग शिक्षक पनि थिइन्। उनी प्रायः महिला अधिकार र मानसिक स्वास्थ्य समस्याहरूको लागि वकालत गर्दै आएकी छिन्।

जस्टिन ट्रुडो क्यानडाका पूर्व प्रधानमन्त्री पियरेका छोरा हुन् । प्रधानमन्त्री हुनुअघि उनी भ्यानकुभरमा शिक्षक थिए । सन् २००२ मा सोफीसँग भेट भएको थियो तर दुवैले एकअर्कालाई बाल्यकालदेखि नै चिनेका थिए । जस्टिन र सोफी एकअर्कालाई बच्चादेखि नै चिन्थे। वास्तवमा सोफी ट्रुडोका भाइ माइकलसँग कक्षामा पढ्थिन् । जसका कारण उनी प्राय ट्रुडोको घरमा आउने गर्दथिन् ।

जस्टिन सोफीलाई मन पराउँथे, तर दुवैको उमेरमा चार वर्षको अन्तर थियो। यस्तो अवस्थामा दुवैले रोमान्स र विवाहको बारेमा सोचेका थिएनन् । त्यसपछि दुवैको भेट एक परोपकारी कार्यक्रममा भयो र त्यसपछि दुवैले अगाडि बढ्ने सोचेका थिए । सोफीले वुमन अन फ्रान्सलाई दिएको एक अन्तर्वार्तामा भनिन् कि उनले जस्टिनलाई बिर्सेकी थिइन् तर एक दिन अचानक पत्रिकामा उनको ठूलो तस्बिर आयो ।

त्यसपछि उनले जस्टिनसँग मात्रै विवाह गर्ने निर्णय गरिन् । त्यसपछि जब एक परोपकारी कार्यक्रममा यी दुईको भेट भयो, तिनीहरू दुवैले प्रेम सम्बन्ध भएको महसुस गरेका थिए । घटनाको भोलिपल्ट, सोफीले जस्टिनलाई इ–मेल गर्छिन तर उनले इ–मेललाई बेवास्ता गर्दिछन् ।

तीन महिना पछि जस्टिन र सोफी सडकमा हिंड्दा हिड्दै भेट हुन्छ । त्यसपछि जस्टिनले सोफीसँग इ–मेलको जवाफ नदिएकोमा माफी माग्छन् र उनको फोन नम्बर लिन्छन् ।उनीहरुको २००५ मा विवाह हुन्छ । उनीहरुका १६ वर्षका जेभियर १४ वर्षकी एला र ९ वर्षका हैडियन गरी तीन सन्तान रहेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top