×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

ओलीको आरोपः प्रचण्डले भारतसंग गरेको सम्झौता लुकाए

२० श्रावण २०८०

२० साउन, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा गरेका सम्झौताबारे कुनै जानकारी नदिएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कुन–कुन सम्झौता गरे, नेपाल फर्केर जानकारी नगराएको तर जे जे गर्नुपर्ने हो, त्यो नगरेको भन्दै कटाक्ष गरे ।

उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले ईपीजी प्रतिवेदनका विषयमा कुरा नउठाएको, सीमा अतिक्रमणको विषय नटुंग्याएको पनि टिप्पणी गरे । ‘यस्ता थुप्रै विषय छन्, नेपाली आवश्यकता र नेपालको हितको कुराहरू छन्, त्यसमा कुनै पनि पहल भएन’, ओलीले भने, ‘यति कमजोरी देखाइयो कि उहाँको भ्रमण सत्ता स्वार्थप्रधान भयो, राष्ट्रिय हितप्रधान भएन।’

Advertisement
Advertisement

ओलीले प्रधानमन्त्रीहरू संविधान र कानुनले असहज हुने अवस्थामा राष्ट्रिय हित छोडेर सत्ता स्वार्थमा केन्द्रित सम्झौता र समझदारी गर्न समेत पछि नपर्ने गरेको दाबी गरे । अध्यक्ष ओलीले राष्ट्रिय हित छोडेर परराष्ट्र मामिलामा सहमति जनाउन एमाले कहिल्यै पनि तयार नहुने दाबी गरे । उनले नेपालले विगतदेखि असंलग्न परराष्ट्र नीति अपनाएको उल्लेख गर्दै देशको बृहत्तर र ’लङलास्टिङ’ प्रभाव राख्न ’न्युट्रालिटी’ राख्नुको विकल्प नभएको समेत बताए ।

यस्तै ओलीले सरकारले मनपरी अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने पनि प्रष्ट पारे । “रााष्ट्रिय हित छोडेर सहमति हुने कुरामा नेकपा एमाले तयार हुँदैन । नेपाली जनता पनि तयार हुन सक्दैनन् । हाम्रो दुईतिर दुईवटा ऐतिहासिक छिमेकीहरू छन्,” उनले भने, “छिमेकमा भएपछि समस्याहरू पैदा हुन सक्छन् । सिमानाको समस्या गैरछिमेकीहरूसँग हुँदैन ।

Advertisement

तसर्थ, हामीले हाम्रा छिमेकीलाई खुलस्त कुरा गरेर समस्याको समाधान खोज्नुपर्छ । आफना जायज हितबारे बोल्न सक्दैनौं भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ?” अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिनेमा जोड दिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top