दुर्गा प्रसाईंसँग कसले माग्यो ३० करोड ? दर्ता भयो मुद्दा

२० साउन ८०, आइतबार

२१ साउन,काठमाण्डौ ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याउँदै ३० करोड रुपैयाँ मागेको आरोपमा पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले असार २६ गते महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिबाट पक्राउ गरेका खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो।

उनलाई दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा अपरहण सम्बन्धीको कसुर उद्योग र लिखत सम्बन्धीको कसुरमा मुद्दा दर्ता गरिएको हो। प्रसाईंलाई म्यासेज तथा फोन गर्दै उनले ३० करोड रुपैयाँ फिरौती मागेकाले अपहरणको कसुरमा र नागरिकता कीर्ते गरेको पाइएकाले लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

Advertisement

उनले आफ्नो नागरिकताको अक्षर खुर्केर मेटेको र त्यसपछि आफैंले नागरिकता सच्याएको पाइएको छ। सच्याएको उक्त नागरिकताबाट सीमकार्ड निकालेर फिरौतीका लागि प्रयोग गरिएको खुलेको छ। उनले नागरिकताको प्रतिलिपिलाई ब्लेडले खुर्केर अर्कै नाम उल्लेख गरी दुई वटा सीमकार्ड लिएको खुलेको छ।

उनले समीर खान र रहेमान अलीको नाम उल्लेख गरेर दुई वटा सीम लिएर त्यही सीममार्फत धम्क्याउँदै फिरौती माग गरेका थिए। गुरुङले आफू प्रवेश लामा भएको बताउँदै प्रसाईंलाई म्यासेज पठाएका थिए। म्यासेजमा उनले उल्लेख गरेका थिए, ‘तपाईंको हत्या गर्नका लागि योजना बनेको छ।

Advertisement

यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ। डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ। नत्र अपहरण गरी हत्या हुन्छ।’ उनले मारिनुपर्ने व्यक्तिको दोस्रो नम्बरमा प्रसाईंको नाम रहेको भन्दै सुरुमा ३० करोड रुपैयाँ माग गरेका थिए। उनले फोनमा प्रसाईंलाई ‘३० करोड ठिक पार्नु नत्र कात्रो तयार पार्नु’ भन्दै धम्की समेत दिएका थिए।

यसबारे सबै जानकारी प्रहरीले लिइसकेको थियो। सोही अनुसार सीआईबीको टोली कतार भिसा सेन्टर अगाडि पुगिसकेको थियो। रकम लिन भनेर पठाओ चढेर आएका बेला सीआईबीले उनलाई पक्राउ गरेको थियो। उनी ८ वर्ष साउदी अरबमा बसेर आएको पाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top