×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

एमसीसीका लागि अमेरिकी राजदूत अर्थमन्त्रीलाई भेट्न गए

२२ श्रावण २०८०

२२ साउन,काठमाण्डौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ । अर्थमन्त्री महतलाई भेट्न राजदूत थम्सन सोमबार बिहान अर्थमन्त्रालयमा पुगेका हुन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर अमेरिकी कुटनीतिज्ञहरुले नेपाल सरकारका मन्त्रीहरुलाई भेट्ने क्रमलाई बढवा दिइरहेका छन् ।

थम्पसनले गत बिहीबार मात्रै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेका थिए । असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए । अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ ।

Advertisement

एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित २०७८ साल फागुन १५ गते संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो । यसैबीच नेकपा एसका नेता झलनाथ खनालले एमसीसी कार्यान्वयन गर्न अमेरिकीहरूले दबाब दिइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार पार्टीको जारी स्थायी कमिटी बैठकमा १६ पेजको लिखित दस्तावेज प्रस्तुत गर्दै नेता खनालले एमसीसी कार्यान्वयनमा अमेरिकाले दबाब दिइरहेको र लागू भए राष्ट्रलाई दुरगामी प्रभाव पार्ने बताएका हुन् । उनले भने,’यही २०२३ अगस्ताट अमेरिकनहरू एमसीसी लागू गर्दैछन्। डोनाल्ड लूले अस्ति अर्भर आएर सबै नेताहरूलाई खबरदार लागू नगरेमा भनेर औंला ठड्याएर गइसकेको छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी सम्झौतामा पार्टीले सहयोग गरेर नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलंक लगाउने काम गरेको बताएका छन् । एमसीसीबारे शीर्ष राजनीतिक पार्टीहरूले पनि व्याख्यात्मक घोषणा नगरेको उनको भनाइ छ।

’यतिलामो समय सम्म न अमेरिकाले न नेपाली कांग्रेसलेन माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन्। सबैले त्यसलाई बिर्सिदै गएका छन् । त्यस संझौतामा दर्जनौं अपमानजनक शर्तहरू छन्,’दस्तावेज भनिएको छ,’ कमसेकम कथित व्याख्यात्मक घोषणामा भएका १२ हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरानै हुने थियो । तर यति गंभीर राष्ट्रिय सवालमा कसैले मतलब राखेका देखिदैन ।’

एमसीसी लागू भए संघर्ष र प्रतिरोधका नयाँ झिल्काहरु देखा पर्न सक्ने उनले आशंका व्यक्त गरेका छन् । उनले सम्मानपूर्ण ढंगले अमेरिकाले ५५ अर्ब डलर दिए स्वीकार्ने बताए। तर एमसीसी संझौतामा अमेरिकाले अघि सारेका विषयवस्तुहरू आफूलाई स्वीकार्य नहुने उनको भनाइ छ।

सम्झौतामा एमसीसी परियोजनाका लागि कूल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान रहेकोमा ५० करोड अमेरिकी डलर एमसीसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख भएतापनि गत जेठमा भएको एक ‘पूरक सम्झौता’पछि नेपाल सरकारले बेहोर्ने दायित्व ६ करोड ७० लाख अमेरिकी डलर थप भइ १९ करोड ७० लाख अमेरिकी डलर पुग्ने देखिएको हो ।

समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ । अर्थात करिब ९ अर्ब नेपाल सरकारले बेहोर्नुपर्ने देखिएको छ ।

Advertisement

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top