×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

नेपाल टाइम्स सातौं वर्षमा प्रवेश

२४ श्रावण २०८०

२४ साउन, विराटनगर ।
नेपाल टाइम्स मिडिया प्रा.लि. सातौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते स्थापना भएको संस्थाले आज छैटौं वर्ष पूरा गरी सातौंंं वर्षमा प्रवेश गरेको हो । कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रिय कार्यालय रहेको नेपाल टाइम्सले अनलाइन पोर्टल तथा अनलाइन टेलिभिजनमार्फत समाचार तथा समाचारजन्य सामग्री प्रकाशन, प्रशारण गर्दै आएको छ ।

Advertisement
Advertisement

संस्थाले आज छैटौं वार्षिक उत्सवको अवसरमा कार्यालय परिसरमै कार्यक्रमको आयोजना गरेको छ । संस्थाका सञ्चालक सादिक हसनको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आथित्यतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा अधिकारकर्मी तथा विराटनगरका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना दिदै मेयर कोइरालाले नेपाल टाइम्सले हालसम्म संचारक्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । उनले आगामी दिनमा पनि जनताको सूसुचित हुने अधिकारको पैरवी गर्न आग्रह गरे । यस्तै संचालक हसनले नेपाल टाइम्सले पत्रकारिता पेशाको गरिमालाई अक्षुण राख्दै आगामी दिनमा थप व्यवसायिक बन्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रमका अर्का अथिति पत्रकार महासंघ मोरंगका अध्यक्ष संजिव खनालले नेपाल टाइम्सले विभिन्न चुनौतीका बावजुद सातौं वर्षमा प्रवेश गरेकोमा शुभकामना दिए । कार्यक्रमको सहजीकरण गरेका नेपाल टाइम्सका समाचार प्रमुख हरिहर नेपालले सबैको साथ र सहयोगले नेपाल टाइम्स थुप्रै मिडियाहरुको माझमा छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

स्थापनाकालमा आफ्नो अनलाइन पोर्टल ( www.nepaltimes.net ) डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स डट नेटमार्फत सामाजिक, आर्थिक, राजनितिक, अन्तर्राष्ट्रिय, मनोरञ्जनात्मक लगायत थुप्रै विधामा सत्यतथ्य र निष्पक्ष समाचारहरु पाठक समक्ष पुर्याउँदै आएको नेपाल टाइम्सले २०७४ भदौ १७ गतेदेखि प्रदेश कै पहिलो अनलाइन टेलिभिजन समेत सञ्चालनमा ल्याएको छ ।

Advertisement

अनलाइन टेलिभिजनमार्फत सञ्चालित हरेक दिनका महत्वपूर्ण समाचारहरु समेटिएको समाचार बुलेटिन टप फिफ्टी, समाचार बुलेटिन टप फिफ्टीन, जनताको चासोसँग सम्बिन्धित मिसन नेपाल टाईम्स, नेपाल टाइम्स स्पेशल, हरेक क्षण प्रशारण हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारजन्य सामग्री लगायतले दर्शकको मन जित्न सफल भएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top