सुनको भाउ घट्ने क्रम आज पनी जारी

२५ साउन ८०, बिहीबार
Share this
756shares

२५ साउन ,काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ।गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र बुधबार प्रतितोला एक सय रुपैयाँ र आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।

यो चार दिनमा सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top