Nepal Times
Nepal Times
3
Shares

क्रिकेट विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन

क्रिकेट विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन

२५ साउन, एजेन्सी ।
आइसिसी पुरुष क्रिकेट विश्वकपमा आयोजक भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलसहित ९ खेलको तालिका परिवर्तन गरिएको छ । भारत र पाकिस्तानबीचको भिडन्त सुरुमा १५ अक्टोबर आइतबार अहमदाबादमा हुने भनिएको थियो, तर यसलाई एक दिन अघि सारिएको छ ।

अब शनिबार अक्टोबर १४ मा सोही स्थानमा भारत र पाकिस्तानबीच खेल हुनेछ । फलस्वरूप इङ्गल्याण्डको अफगानिस्तानविरुद्ध दिल्लीमा हुने भनिएको खेल शनिबार अक्टोबर १४ बाट सारिएको छ । अब यो खेल आइतबार, १५ अक्टोबरमा खेलिनेछ । हैदरावादमा श्रीलंकासँगको पाकिस्तानको भिडन्त बिहीबार, १२ अक्टोबरबाट सरेर अब अक्टोबर १० मङ्गलबार हुने भएको छ ।

यस्तै लखनउमा हुने दक्षिण अफ्रिकासँगको अष्ट्रेलियाको खेल २४ घण्टा पछि सरेको छ र अब १२ अक्टोबर सट्टा १३ अक्टोबरमा खेल हुनेछ । त्यसैगरी, बंगलादेशसँगको न्युजिल्यान्डविरुद्धको खेल सुरुमा १४ अक्टोबरमा चेन्नईमा हुने तय गरिएको थियो र अब शुक्रबार, १३ अक्टोबरमा हुनेछ ।

१२ नोभेम्बरको डबल हेडर भिडन्त परिवर्तन गरिएको छ । खेलहरु एक दिन अघि शनिबार, नोभेम्बर ११ मा सारिएको छ – अष्ट्रेलिया विरुद्ध बंगलादेश पुनेमा तथा कोलकातामा इंग्ल्याण्ड विरुद्ध पाकिस्तानबीच खेल हुनेछ । यसैबीच, नेदरल्याण्ड्स विरुद्ध भारतको अन्तिम लिग खेल अब ११ बाट १२ नोभेम्बरमा सारिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.