×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गेटाफे र बार्सिलोनाको खेलमा रातो कार्डको वर्षा

२९ श्रावण २०८०

२९ साउन,एजेन्सी ।
स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा गेटाफेले क्याटलान क्लब बार्सिलोनालाई बराबरीमा रोकेको छ । निकै तनावपूर्ण खेलमा बार्सिलोनाले अधिकांश समय खेलमा पकड जमाएपनि गोल गर्न भने सकेन । खेलमा दुवै तर्फ १–१ खेलाडीले रातो कार्ड प्राप्त गर्दा बार्साका प्रशिक्षक जाभी हर्नान्डेजले पनि मैदान छाड्नुपरेको थियो।

बार्सिलोनाले जर्मन मिडफिल्डर इल्काए गुन्डोगनलाई डेब्यु दिएको खेलमा राम्रो सुरुवात गरेको थियो । तर गुन्डोगनले सुरुवाती समयमा नै अफसाइड हुँदा अग्रता दिलाउन सकेनन् । ४२ औं मिनेटमा ब्राजिलियन विंगर राफिन्हाले गेटाफेका गास्टन अल्भारेजलाई कुइनोले हानेपछि रातो कार्ड पाए । दोस्रो हाफमा गेटाफे पनि १० खेलाडीमा समेटियो ।

Advertisement
Advertisement

जेमी माटाले ५७ औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाएपछि दुवै टोली समान खेलाडीमा थिए । त्यसपछि रेफ्रीसँग विवाद गरेका कारण जाभीले पनि रातो कार्ड पाएका थिए । दोस्रो हाफमा बार्सिलोनाले आक्रमणमा थप मिहिनेत गरेपनि लेवान्डोस्कीको हेडर गोललाइनबाट क्लियर हुँदा बार्सिलोना अघि बढ्न सकेन ।

Advertisement

खेलमा ७५ प्रतिशत बल पोसेसन राखेर १४ सट प्रहार गरेको बार्सिलोना अंक बाँड्न बाध्य भयो । ला लिगामा आइतबार नै सेल्टा भिगो घरेलु मैदानमा ओसासुनासँग २–० ले पराजित भयो । अर्को खेलमा रियल बेटिसले भिल्लारियलको मैदानमा २–१ को जित निकाल्यो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top