साढे दुई वर्षपछि ट्रम्पले गरे पहिलो ट्विट, के लेखे ?

८ भदौ ,एजेन्सी।
लगभग साढे दुई वर्षपछि, पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सोशल मिडिया प्लेटफर्म ट्विटर अर्थात एक्समा फर्किएका छन् । उनले आफ्नो मगसट अर्थात् जेलबाट रिहा भएको तस्बिर ट्विट गरेका छन् । तस्बिर सँगै उनले आफ्नो वेबसाइटको जानकारी पनि सेयर गरेका छन् । यसमार्फत उनको अभियानका लागि पैसा उठाइने गरिन्छ ।

यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्विट गरेका थिए र त्यसपछि उनले आज मात्रै यो प्लेटफर्म प्रयोग गरेका छन् । ट्रम्पलाई ट्विटरबाट प्रतिबन्ध लगाइएको थियो र उनको आफ्नै सामाजिक मिडिया प्लेटफर्म, ट्रुथ सोसल सुरु गरेका थिए । तर आशा गरिए अनुशार ट्रुथले लोकप्रियता पाउन सकेको छैन् ।

गत वर्ष, एक्सका नयाँ मालिक एलन मस्कले ट्रम्पमाथिको प्रतिबन्ध हटाए, तर यसका बाबजुद पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन् । मस्क आफैंले ट्रम्पको ट्विटर खाता पुनर्स्थापित गर्ने योजनाको बारेमा ट्वीट गरेका थिए । मस्कले सहभागीहरूलाई ट्रम्प ट्विटरमा फर्कने कि नपर्ने भनेर सोध्ने अनलाइन सर्वेक्षण गरेका थिए ।

Advertisement

यस सर्वेक्षणमा १ करोड ५० लाख ८५ हजार ४ सय ५४ जना मानिसहरूले आफ्नो राय व्यक्त गरेका थिए । जसमा करिब ५१.८ प्रतिशत ट्रम्पको खाता पुनर्स्थापनाको पक्षमा थिए भने ४८.२ प्रतिशतले विपक्षमा थिए । अहिले ट्रम्प एक्समा फर्किएपछि एक्सका मालिक एलन मस्कले ट्रम्पको ट्विटमा प्रतिक्रिया दिएका छन् ।

ट्रम्पको ट्विटमा एलन मस्कले लेखेका छन् – नेक्स्ट लेभल । एक्समा फर्किएपछि ट्रम्पको खातामा देखिने अन्तिम ट्वीट जनवरी ८, २०२१ बाट भएको थियो। यसमा लेखिएको थियो, “सबैलाई सोध्नु भएको छ, के म जनवरी २० मा हुने सपथ ग्रहण समारोहमा उपस्थित हुने छैन।“ ट्रम्पको एकाउन्ट रिस्टोर भएको बेला उनका फलोअर्स १० लाखमा देखिएका थिए तर ३० मिनेटमै यो संख्या बढेर २१ लाख पुगेको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top