×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

जापानले दुषित पानी समुन्द्रमा फालेपछि दक्षिण कोरिया रिसायो

९ भाद्र २०८०

९ भदौ, एजेन्सी ।

दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे बिरोध जनाउँदै मार्च पास गरेका छन् । शुक्रवार दक्षिण कोरियाको राजधानी सोउलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको बिरोध गरेका हुन् ।

Advertisement
Advertisement

जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र छिमेकी देशहरुले बिरोध जनाएका छन् । साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरुले बिरोध गर्दै प्रदर्शनसमेत गरिरहेका छन् । जापानले गत बिहीवार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो ।

पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताइएको छ । दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन् ।

यसबीच फिजीका नागरिकहरुले पनि जापानविरुद्ध बिरोध जनाएका छन् । शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए ।

उनीहरुले यो मानिसहरुको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरु साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए । त्यस्तै भविष्यका पुस्ताका लागि गठबन्धनका सह संस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरु अझैपनि आणविक प्रदुषणसँग जुधिरहेको बताए ।

Advertisement
Advertisement

मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको छ । कार्यक्रमकी सहआयोजक नोएलेन नाबुलिभोले प्यासिफिक नजेताहरु र विश्वका सबै देशहरुले आफूहरुको आवाज सुनेर जापानको कदम रोक्ने विश्वास व्यक्त गरिन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top