एसिया कप खेल्न पाकिस्तान गए सन्दीप

११ भदौ, काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । एसिया कप खेल्न उनी आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन् ।

तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन्। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन् । नेपालले पर्सि १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्नेछ । सो खेलपछि सन्दीप नेपाल फर्कने सम्भावना छ । नाबालिगमाथी जबरजस्ती करणीको कसुरमा उनको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।

सन्दीपलाई विदाई गर्न विमानस्थल पुगेका सदस्य सचिव घिसिङले सन्दीपको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनी गएसँगै नेपाली टिमले पूर्णता पाउने विश्वास उनले व्यक्त गरे । ‘नेपालको इतिहासमा यो धेरै महत्त्वपूर्ण प्रतियोगिता हो । प्राविधिक कारणले सन्दीप टिमसँग जान पाएको थिएन । अब उसको यात्रा निश्चित भएको छ,’ उनले भने, ‘एसिया कपमा सन्दीपको उपस्थिति निकै महत्त्वपूर्ण छ ।

सिंगो देशको भरोसा सन्दीपमाथि छ । सन्दीपको इन्ट्रीले नेपाली टीमले पूर्णता पाएको छ ।’ पाकिस्तान र भारतसँगको खेलमा नेपाली टिमले सुखद परिणाम ल्याउने उनले आशा व्यक्त गरे । यस्तै सन्दीपले पनि पाकिस्तान र भारतसँग खेल्न आफू उत्साहित रहेको बताए । आफू पूर्ण रूपमा फिट रहेको र टिममा घुलमिल हुन समय नलाग्ने पनि उनले प्रष्ट पारेका थिए ।

‘टिमले राम्रो पर्फमेन्स गरिरहेको छ । म यहाँ आफैँले एक्लै पनि प्राक्टिस गरिरहेको थिएँ । खेल्नका लागि रेडी छु र फिट पनि छु । एसिया कपमा राम्रो गर्ने आशा छ,’ उनले भने । सन्दीपले ‘लाइफमा टफ टाइम भइरहेको छ, तर आफैँले सबै म्यानेज गर्नुपर्ने हुन्छ । उनले भनेका छन्, जाने बित्तिकै टिमसँग घुलमिल हुन मलाई समय लाग्दैन । सबै जना राम्रो फर्ममा हुनुहुन्छ । म पनि निरन्तर प्रयास गरिरहेको छु ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top