NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

संसदीय सभापतिलाई सुविधैसुविधा,कर्मचारी मात्रै ११ जना

सोमवार भदौ ११ , २०८०
Reading Time: 1 min read
A A
एक वर्षदेखि कानुन निर्माण ठप्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ भदौ , काठमाण्डौ ।
प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि सोमबारदेखि नेतृत्व पाउँदैछन् । संसद् सुरु भएको साढे ७ महिनापछि समितिले नेतृत्व पाएको हो । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ । दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । १० समितिको नेतृत्वका लागि ९ वटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेका समितिका सभापति निर्विरोध निर्वाचित भएको घोषणा समिति बैठकले गर्नेछ भने दुई जना उम्मेदवार भएको समितिमा निर्वाचन हुनेछ । उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीबीच प्रतिस्पर्धा हुने भएको हो ।

बाँकी अन्यमा अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडाको मात्रै उम्मेदवारी परेको छ ।

LS Auto

त्यस्तै, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको मात्रै उम्मेदवारी परेको छ । उनीहरु निर्विरोध निर्वाचित हुनेछन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार सभापति निर्वाचित वा मनोनयन भएको मितिदेखि १० वटै समितिका सभापतिले मासिक पारिश्रमिक ६० हजार नौ सय ७० रुपैयाँ पाउने भएका छन् ।

यति मात्रै नभएर निर्वाचित सभापतिले प्रतिमहिना विशेष भत्ता एक हजार पाउने छन् । सभापतिलाई समिति बैठकमा भाग लिएको प्रत्येक दिनको लागि बैठक भत्ता बापत एक हजार दिइने छ । यस्तै आफ्नो कार्यकालभरको लागि सभापतिले निजी सचिवालयका लागि ११ जना कर्मचारी सुविधा पाउनेछन् ।

जसमा उपसचिव सरहको एक जना स्वकीय सचिव, सुब्बा सरहको कम्प्युटर अपरेटर, सवारी चालक दुई जना, कार्यालय सहयोगी एक जना, अंग रक्षक प्रहरी सहायक निरीक्षक (असई) एक जना, प्रहरी हवल्दार एक जना र प्रहरी जवान एक जना रहेका छन् । सभापतिलाई कार्यकालभरको लागि आवश्यक फर्निचर र प्रिन्टर सहितको कम्प्युटर एउटा र एउटा साइकल उपलब्ध गराइनेछ ।

निजी सचिवालयका लागि कार्यालय सञ्चालन र मसलन्द तथा अतिथि सत्कारको लागि सभापतिलाई अतिथि सत्कारबापत प्रतिमहिना एक हजार ७०० रुपैयाँ उपलब्ध गराइनेछ ।सभापतिलाई आवासको लागि सरकारको तर्फबाट सरकारी घरको बन्दोबस्त गरिनेछ । घरको बन्दोबस्त नभएकोमा मासिक रूपमा २५ हजार ६०८ रुपैयाँ आवास सुविधा बापत दिइनेछ ।

काठमाडौंमा घर हुने सभापतिलाई आवास मर्मत र सम्भार बापत साढे १२ हजार दिइनेछ । आवास सुविधा बापत रकम उपलब्ध गराइएकोमा सभापतिलाई निजी सचिवालय तथा गार्ड घर बन्दोबस्त गर्न प्रति महिना एक हजार ७५० रुपैयाँ उपलब्ध गराइनेछ । सभापतिलाई एक सवारी साधन र प्रति महिना २०० लिटर सवारी इन्धन र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराइनेछ ।

पदाधिकारीलाई उपलब्ध गराइएको सवारी साधनको मर्मत र सम्भार नेपाल सरकारले गर्नेछ । घरमा जडान गरिएको बिद्युत्, धारा, इन्टरनेटसहित टेलिफोनको महसुल र पत्रपत्रिकाबापत प्रति महिना एकमुष्ट तीन हजार रुपैयाँ उपलब्ध गराइनेछ । नेपाल भित्र वा बाहिर भ्रमण गर्दा सभापतिलाई कानून बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।

सभापतिले अस्पतालमा उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च संघीय संसद्को सचिवालयले व्यहोर्नेछ । सभापतिलाई संघीय संसद्को सचिवालयमा कार्यकक्ष उपलब्ध गराउनेछ ।कुनै सभापतिको पदावधि कायम रहेकै अवस्थामा मृत्यु भएमा सरकारले उसको परिवारलाई एकमुष्ट दुई लाख आर्थिक सहायता उपलब्ध गराउनेछ ।

Tags: #प्रतिनिधिसभा#संसदीय सभापति#संसदीय सभापतिलाई सुविधैसुविधा

लोकप्रीय

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२

विचार

थप समाचार

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान
ताजा समाचार

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२
भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु

बुधबार भदौ २५ , २०८२

हालका पोस्टहरू

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

देशभरका भौतिक संरचना यसरी खण्डहर बने, सर्वाेच्चको डाटा ध्वस्त

बुधबार भदौ २५ , २०८२
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.