×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनको नयाँ नक्सामा अरुणाचल प्रदेश हेरेर भारत हल्लियो

१२ भाद्र २०८०

१२ भदौ, एजेन्सी ।
चीन सरकारले नयाँ नक्सा जारी गरेको छ । अगस्ट २१ मा प्राकृतिक स्रोत मन्त्रालयले ‘चीनको आधिकारिक नक्साको २०२३ संस्करण’ प्रकाशित गरेको हो । नयाँ नक्सामा पनि यसअघि झैँ अरुणाचल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण रुपले चीनको भूगोलभित्र समेटिएको छ ।

त्यसैगरी, पुराना संस्करणहरुमा झैँ दक्षिण चीन सागरको समग्र क्षेत्र पनि चीनभित्र देखाइएको छ । जसलाई ‘नाइन ड्यास लाइन’ले आफ्नो क्षेत्रभित्र पारेको हो । यसको जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले दिएको छ । ताइवानमाथि पनि आफ्नो दाबी प्रस्तुत गर्न चीनले ‘टेन्थ ड्यास लाइन’ को प्रयोग गरेको छ ।

Advertisement
Advertisement

अरुणाचल र अक्साइ चीन क्षेत्रमा बेइजिङको भारतसँग विवाद छ भने दक्षिण चीन सागरमा फिलिपिन्सलगायत मुलुकसँग विमति छ । केही समयअघि अरुणाचलका केही स्थानको नाम पनि चीनले परिवर्तन गरेको थियो । नयाँ नक्सामा तिनै परिवर्तिन नाम प्रयोग गरिएको छ । यसपछि चीनले डिजिटल नक्साहरु सार्वजनिक गर्ने जनाइएको छ ।

चीनको नयाँ नक्सालाई लिएर भारतमा चर्को आलोचना भइरहेको छ । यसबीच केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत भएका थिए । विकासशील राष्ट्रहरूको समूह ’ब्रिक्स’ शिखर सम्मेलनका क्रममा दुई नेताबीच एक्लाएक्लै भएको भेटमा सीमा विवाद घटाउने सहमति भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीको अनुरोधमा चिनियाँ राष्ट्रपति सीले भेटावार्ता गरेको चिनियाँ पक्षले जनाएको छ । सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध बिग्रिएको छ । दुई शक्ति सम्पन्न देश चीन र भारतबीच हिमाली क्षेत्र रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमामा अस्पष्टता छ ।

त्यसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भनिन्छ । दुई नेताबीचको भेटमा एलएसीबाट सैनिकहरू हटाउने सहमति भएको भारतका विदेश सचिव विनयमोहन क्वात्रालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सीमाबारेमा विस्तृतमा छलफल भएको र यो छलफलले समस्या समाधानमा स्पष्ट भूमिका खेल्ने बताएको छ । यसअघि सी र मोदीबीच जी–२० शिखर सम्मेलनमा सहभागी हुन जाँदा पनि भेट भएको थियो ।

Advertisement

सी आउँदो महिना जी–२० शिखर सम्मेलनमा भाग लिन भारत जाने तयारी छ ।तर सो बैठक अघि चीनले भारतले दावी गर्दै आएको अरुणाचललाई चीनमा गाँभेको छ । भारतले पनि यसैगरी नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो राजनीतिक नक्सामा जारी गरेर अतिक्रमण गरिरहेको छ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top