नेपाल र भारतबीचको क्रिकेट हेर्न काठमाडौंका मेयर बालेन श्रीलंका जाँदै

नेपाल र भारतबीचको क्रिकेट हेर्न काठमाडौंका मेयर बालेन श्रीलंका जाँदै

१७ भदौ ,काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन‍्।उनी एसिया कप क्रिकेटअन्तर्गत नेपाल–भारतको खेल हेर्न श्रीलंका जान लागेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।‘उहाँ आज अपराह्न ४ बजे श्रीलंका जाँदै हुनुहुन्छ,’ प्रवक्ता मानन्धरले भने।

सोमबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नेपाल–भारतबीच खेल हुँदैछ। मेयर बालेन शाह हिमालयन एयरलाइन्समार्फत् श्रीलंका जाँदै छन्।नेपालले यसअघि पाकिस्तानसँग खेलेको थियो।नेपाल–भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका गएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.