×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै

१९ भाद्र २०८०

१९ भदौ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ । सोमवार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौता  बारे छलफल भएको हो । बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरुका लागि एक कदम अघि बढ्नु रहेको बताए ।

एर्दोगान र पुटिनबीच द्विपक्षिय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ । टर्की र रुस बीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोगनले बताए । टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको रुपमा काम गरेको छ ।

Advertisement
Advertisement

यसैबीच उत्तर कोरियाका नेता किम जोङ उन यसै महिना रुस यात्रामा निस्कन लागेको एकजना अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएसलाई बताएका छन् । ती दुई नेताबीच जारी युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले अस्त्र दिन सक्ने सम्भावनाबारे छलफल गर्ने ठानिएको छ । उनीहरूको भेट ठ्याक्कै कहाँ हुनेछ भन्ने स्पष्ट भइसकेको छैन ।

यद्यपी न्यूयोर्क टाइम्सले सूत्रहरूलाई उद्धृत गर्दै किम जोङ उन अस्त्रले जडित बख्तरबन्द किसिमको रेलबाट यात्रा गर्ने धेरै सम्भावना रहेको बताएको छ । उत्तर कोरियाको सुदूर उत्तरपूर्वी क्षेत्रको सिमाना रुससँग जोडिएको छ । दुई देशबीच अस्त्रसम्बन्धी कुराकानीमा सक्रिय प्रगति भइरहेको ह्वाइट हाउसले बताए लगत्तै यो भ्रमणको समाचार बाहिर आएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियन वाट्सनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको बताएकी छन् ।

गत साता अमेरिकी रक्षा मन्त्रालयले रुस पहिले नै उत्तर कोरियासँग युक्रेन युद्धका लागि हतियार आपूर्ति गर्ने सम्बन्धमा गोप्य र सक्रिय वार्तामा रहेको जनाएको थियो । यसैबीच ह्वाइट हाउस प्रवक्ता वाट्सनले उत्तर कोरियालाई रुससँगको हतियार सम्झौता रोक्न र उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगर्ने कुरा प्रतिबद्धता जनाउन पनि आग्रह गरेकी छन् ।

यस्तै रुसी रक्षामन्त्री सर्गेइ शोइगु गत जुलाइमा उत्तर कोरिया भ्रमणमा गरेको विषयलाई लिएर पनि अमेरिकी अधिकारीहरूले थप आशंका गर्दै आएका छन् । जवकि जुलाइको उक्त भ्रमण १९९१ मा सोभियत संघ विघटनपछि नै रुसी रक्षामन्त्रीको पहिलो उत्तर कोरिया भ्रमण पनि थियो ।

युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेख्दै आएका छन् । त्यसको सट्टामा किमले भने रुसबाट खाद्यान्न सहायता पनि खोजिरहेका छन् । सेप्टेम्बर दोस्रो साता पुटिनसँग भेटका लागि किम मस्को जाने अमेरिकी अधिकारीहरूको दाबी छ ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top