×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

६० किलो सुन तस्करीको अनुशन्धान अन्तिम चरणमा/अहिलेसम्म के–के भयो ?

२५ भाद्र २०८०

२५ भदौ, काठमाण्डौ ।
त्रिभुवन विमानस्थलबाट भएको ६० किलो सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ।

सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो । तर, तस्करीमा लगानी गर्ने नेपाली गिरोहसम्म भने प्रहरी अझै पुग्न सकेको छैन । ३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । सिआइबीले ३० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement

जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन् । तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन । पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीहरूको भनाइ छ ।

चिनियाँ गिरोहलाई सघाउने नेपालीमध्ये किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन । दुवैलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । उनीहरूमाथि अनुसन्धान गर्दा बाराका सुन व्यापारी शिव सर्राफ पनि समातिएका छन् । सर्राफले आफ्ना लागि तथा भारतमा तस्करीका लागि सो समूहसँग तस्करीको सुन किन्दै आएको अनुसन्धानबाट पुष्टि भएको छ ।

साथै अरू धेरै सुन पसललाई सो समूहले तस्करीको सुन बिक्री गर्दै आएको पनि अनुसन्धानमा पत्ता लागेको छ । तर, प्रमाण नहुँदा अन्य सुन पसले पक्राउ परेका छैनन । सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यको नेतृत्वमा ३३ जनाको अनुसन्धान टोलीले यो प्रकरणका विभिन्न पाटामाथि अनुसन्धान गरिरहेको छ ।

चिनियाँहरूले सुन तस्करीको लेनदेन मिलाउन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको प्रमाण प्रहरीले भेट्टाएको छ । कतिपय भुक्तानी हुन्डीमार्फत समेत हुने गरेको थियो । त्यस्तै, तस्करीमा संलग्न चिनियाँहरूले नेपाली नागरिकता र पासपोर्ट लिएको विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको छ । हदम्यादका कारण अहिले मुद्दा बुझाए पनि यसमा अनुसन्धानले निरन्तरता पाउने सिआइबीकी निर्देशक बज्राचार्यले बताइन ।

सुन तस्करीको काठमाडौंमा व्यवस्थापन गर्ने दावा छिरिङसँग सयौँ व्यक्तिको सम्पर्क देखिएको छ । अनलाइन च्याटमा शंकास्पद कुराकानी देखिए पनि प्रमाणसँग जोड्न नसक्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छैन । जसकारण शंकास्पद व्यक्तिलाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।

‘उनीहरूले निकै चतुर तरिकाले तस्करीको सञ्जाल बनाएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘सुन पसलेहरूसँग कारोबार गर्दा सांकेतिक भाषा प्रयोग गरेका छन् भने नाइके र भरियाबीच प्रत्यक्ष सम्पर्क देखिँदैन ।’ प्रहरीले पक्राउ गरे पनि जोगिने योजनाका साथ उनीहरूले सयौँ केजी सुन विभिन्न सामानभित्र लुकाएर विमानस्थल भन्सारबाट पास गराएका थिए ।

Advertisement

जसमा भन्सार कर्मचारीले नै सघाएको दाबीसहित प्रहरीले सातजना भन्सार कर्मचारीलाई थुनामा राखेको छ । तर, उनीहरूबीच लेनदेनको प्रमाण भने फेला परेको छैन । नेता, कर्मचारी तथा अन्य व्यापारीसँग सुन तस्करीमा संलग्न चिनियाँको सम्बन्धबारे अब दोस्रो चरणमा अनुसन्धान हुने भएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top