×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धुर्मुशले छाडेको क्रिकेट रंगशाला रेनु दाहालले बनाउने

२९ भाद्र २०८०

२९ भदौ, काठमाण्डौ ।
धुमुर्श सुन्तली फाउन्डेशनले सरकारबाट सहयोग नभएको र दाताले समेत नपत्याउँदा ऋण तिर्न नसकेपछि बीचमै अलपत्र अवस्थामा रहेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अब अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी छिन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि रङ्गशाला अलपत्र बनेको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले समेत तत्काल रंगशालाको काम अघि बढाउने बताएपछि यसको व्यवहारमा कार्यान्वयन हुन् सकेको छैन् । उल्टै रंगशालाका लागि आएको बजेट समेत फिर्ता भएको खबर सार्वजनिक भएको थियो ।

Advertisement

तर आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा प्रमुख दाहालले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको र जसरी भए पनि रङ्गाशाला बनाउने बताएकी छिन् । उनले भनिन्, “हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।”

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाउने गरिएको उनले बताइन् । उनले भनिन्, “म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।” रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल उनले बताइन् ।

गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको रु १२ करोड बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले आश्वासन दिइन् । रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ ।

Advertisement

उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने जानकारी दिइन् । बिहिबार मात्रै एसियन खेलकुदमा जाने खेलाडीहरुलाई विदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले खेलकुद पूर्वाधारको अभाव रहेको स्वीकार गर्दै यस पटकको आफ्नो चीन भ्रमणमा खेलकुद क्षेत्रमा महत्वपूर्ण सम्झौता हुन् सक्ने बताएका छन् । संभवत उनले पूर्वाधार निर्माणका लागि चीनसँग सहगोग माग्ने छन् ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top