×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेशस्तरीय निबन्धमा शिक्षादीपका एन्जल र सुगम प्रथम

३ आश्विन २०८०

३ असोज, विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ ।

शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथम भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति अधिकारी द्वितीय र सेन्ट मेरिजकी उत्साह सिंह कार्की तृतीय भएका थिए ।

Advertisement
Advertisement

सहभागी छात्रहरुमध्ये विकेभिएमका सफल तिमल्सिना दोश्रो र अरनिको माविका अनुक्रम काफ्ले तेश्रो भए ।

विजयी प्रतियोगीहरुलाई संविधान दिवसका दिन मुख्यमन्त्री कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

कोशी प्रदेश सरकारले गत असोज १ गते ‘संविधानको कार्यान्वयनः चुनौती र समाधान’ भन्ने विषयमा प्रदेशका माध्यमिक विद्यालय (कक्षा ११ र १२) का छात्रा र छात्रहरुमा बेग्लाबेग्लै निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

विद्यार्थीहरु पुरस्कृत भइसकेपछि शिक्षादीप माविका प्रचार्य ज्ञानबहादुर खड्काले आफ्नो विद्यालयले कोरा पढाइलाई मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि ध्यान पुर्याएकोले विद्यार्थीहरुले प्रतिभा प्रष्फुटनको मौका पाएको बताए ।

उक्त माविले वर्षभरिका विभिन्न दिवसहरु विद्यार्थीहरुकाबीचमा प्रतियोगीतात्मक कार्यक्रमहरु गरी मनाउने गरेको पनि प्रचार्य खड्काले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top