भारत एकदिवसीय वरीयताको पहिलो नम्बरमा

भारत एकदिवसीय वरीयताको पहिलो नम्बरमा

६ असोज,एजेन्सी ।
भारत आइसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा उक्लिएको छ । गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो । एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो ।

एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको थियो भने अष्ट्रेलियाले पहिलो वरीयता कायम गरेको थियो । पहिलो वरीयतामा रहेको अष्ट्रेलियालाई शुक्रबार पराजित गरेसँगै भारतले क्रिकेटका तीन वटै फर्म्याटमा कब्जा जमाएको छ ।

भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ । एकदिवसीयमा पनि पहिलो वरीयतामा उक्लिएपछि भारतले इतिहास बनाएको छ । पाकिस्तानको भने विश्वकपअघि कुनै आधिकारीक एकदिवसीय खेल छैन ।

त्यसैले पाकिस्तान विश्वकपअघि नम्बर एकमा फर्कने सम्भावना छैन । यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो ।

यस्तो छ एकदिवसीय विश्व वरीयता
१, भारत
२, पाकिस्तान
३, अष्ट्रेलिया
४, दक्षिण अफ्रिका
५, इंग्लयान्ड
६, न्युजिल्यान्ड
७, बंगलादेश
८, श्रीलंका
९, अफगानिस्तान
१०, वेस्ट इन्डिज
११, जिम्बावे
१२, स्कटल्यान्ड
१३, आयरल्यान्ड
१४, नेदरल्यान्ड्स
१५, नेपाल
१६, नामिबिया
१७, संयुक्त राज्य अमेरिका
१८, ओमान
१९, यूएइ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.