चन्द्रयान–३ को रोभरले थेग्न सकेन चन्द्रमाको चिसो

६ असोज, एजेन्सी ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको भारतको चन्द्रयान ३ को रोभर अत्याधिक चिसोले काम गर्न नसक्ने अवस्थामा पुगेको छ । चन्द्रयान–३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो ।

पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोले बताएको छ । चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ ।चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ ।

यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो । चन्द्रमाको सतहमा एक सय मिटर गुडेको रोभरले त्यहाँ सल्फर, फलाम, अक्सिजन र अन्य तत्वहरूको उपस्थिति रहेको पुष्टि गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो र समग्रमा चन्द्रमाको सतहमा अवतरण गराउने अमेरिका, रुस र चीन पछि चौथो देश हो ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top