Nepal Times
Nepal Times
657
Shares

चन्द्रयान–३ को रोभरले थेग्न सकेन चन्द्रमाको चिसो

चन्द्रयान–३ को रोभरले थेग्न सकेन चन्द्रमाको चिसो

६ असोज, एजेन्सी ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको भारतको चन्द्रयान ३ को रोभर अत्याधिक चिसोले काम गर्न नसक्ने अवस्थामा पुगेको छ । चन्द्रयान–३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो ।

पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोले बताएको छ । चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ ।चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ ।

यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो । चन्द्रमाको सतहमा एक सय मिटर गुडेको रोभरले त्यहाँ सल्फर, फलाम, अक्सिजन र अन्य तत्वहरूको उपस्थिति रहेको पुष्टि गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो र समग्रमा चन्द्रमाको सतहमा अवतरण गराउने अमेरिका, रुस र चीन पछि चौथो देश हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.