मलंगवामा आज पनि कर्फ्यु /चार दिनदेखि किन अशान्त छ मलंगवा ?

६ असोज ८०, आइतबार

७ असोज, काठमाण्डौ ।
सर्लाहीको जिल्ला सदरमुकाम मलंगलामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

गत विहिबार साँझ गणेश पूजाको मूर्ति विर्सजन जाने क्रममा मलंगवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन सोही राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सो झडपमा परेर ८ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।

उत्पन्न विवाद समाधानको लागि पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कर्फ्यु आदेशमा भनिएको छ । विगत चार दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन् । अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मलंगवा झडपपछि शुक्रबार सीडीओ कार्यालयमा सर्वपक्षिय बैठक बसेको थियो ।

बैठकले मलंगवा क्षेत्रका सबै मूर्तिहरु ठाउँमा राखेर विसर्जन गर्ने, घटनाका दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्ने, ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्त्वको पहिचान गरी पक्राउ गर्ने, घटनामा संलग्नहरुको शुक्ष्म ढंगले पहिचान गरी उनीहरुबाटै मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउने लगायतका निर्णय बैठकले गरेको छ ।

मलंगवामा नियोजित रुपमा सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्न केही समूह लागेको निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ । त्यस्ता केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top