×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेसबुकको एउटै अकाउन्टबाट अब चारवटा प्रोफाइल

७ आश्विन २०८०

७ असोज, एजेन्सी ।

सामाजिक संजालमा फेसबुकमा अब प्रयोगकर्ताहरुले एकै अकाउन्टबाट चारवटासम्म प्रोफाइल बनाउन सक्ने भएका छन् । मेटाले फेसबुकका लागि विश्वभर नै नयाँ फिचर सार्वजनिक गरेको छ। फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टमा चारवटासम्म प्रोफाइल बनाउन सक्ने फिचर मेटाले सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

हाल फेसबुकमा मल्टिपल अर्थात् एउटा युजरनेमबाट एउटा मात्रै खाता बनाउन वा खोल्न मिल्छ। यो फिचर सुरू भएसँगै अब एउटै युजरनेमबाट व्यक्तिले चारवटासम्म खाता खोल्न सक्नेछन् । केही व्यक्तिहरू आफ्नो व्यावसायिक र व्यक्तिगत जीवन फरक–फरक राख्न रुचाउँछन् । त्यस्ता व्यक्तिहरू फेसबुकमा सोही तरिकाले आफ्नो प्रोफाइल बनाउन खोज्छन्।

तर अहिले फेसबुकमा त्यो सम्भव छैन। नयाँ फिचर आएसँगै यस्तो सम्भव हुने बताइएको छ । नयाँ फिचरबारे फेसबुकले भनेको छ, ’हामीले प्रयोगकर्ताहरूबाट उनीहरूको साथी, भिन्न समूह, र आफूले चासो राख्ने व्यक्तिहरूलाई छुट्टाछुट्टै ग्रुपमा राख्न सक्यौं भने उनीहरूलाई सान्दर्भिक लाग्ने श्रोताहरूसँग संलग्न हुन स्वतन्त्र महसुस हुन्छ भन्ने सुन्यौं।

यही कुरालाई पनि ध्यानमा राख्दै नयाँ फिचर सार्वजनिक गरेका छौं। एउटै व्यक्तिले धेरै व्यक्तिगत प्रोफाइलहरू बनाउँदा विभिन्न मानिसहरूको समूहलाई संगठित गर्न मद्दत मिल्नेछ।’ मुख्य अकाउन्टले अन्य प्रोफाइलबारे कुनै जानकारी दिँदैन । ती प्रोफाइलहरूको फरक नाम, आफ्नै मेसेज, छुट्टै प्राइभेसी सेटिङ र नोटिफिकेसन पनि अलग्गै हुने मेटाको भनाइ छ ।

यहीकारण ती फरक–फरक प्रोफाइल एक अर्काभन्दा भिन्न हुने र लगआउट वा लगइन नगरी सजिलै प्रोफाइल स्विच गर्न सकिने मेटाले उल्लेख गरेको छ । तर त्यसरी बनाइने प्रोफाइलहरूमा डेटिङ, मार्केटप्लेस, प्रोफेसनल मोड र पेमेन्ट जस्ता फिचर हुने छैनन् । चाँडै नै त्यस्ता प्रोफाइलमा मेसेन्जर सपोर्टको सुविधा दिने मेटाले उल्लेख गरेको छ ।

मेटाले सो घोषणा शुक्रबार अर्थात् सेप्टेम्बर २१ मा मात्रै गरेको हो। यो फिचर विश्वव्यापी रूपमा नै सुरू भएको जनाइएको छ। यद्यपि यो फिचर सबै स्थानबाट प्रयोग गर्नका लागि केही समय लाग्ने समेत जानकारी गराइएको छ ।

यो सुविधा ल्याउन मेटाले गत वर्षदेखि काम गरिरहेको थियो । रुचि अनुसार फरक–फरक अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो फिचर उपयोगी हुने देखिन्छ । पछिल्लो तथ्याङ अनुशार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता विश्वभर तीन अर्बभन्दा बढी छन्।

Advertisement

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top