झूट बोलेकोमा दोषी पाइएका ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजायको फैसला

२३ भदौ ७५, शनिबार
Share this
663shares

वासिङ्टन, भदौ २३
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ ।

Advertisement

अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको बताएका ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो ।

शुक्रवार सुनाइएको सजायअनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ ।

Advertisement

शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम गरेका थिए ।

मस्कोका आरोपित मध्यस्थकर्तासँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए ।
रासस÷एएफपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top