मेसीविनाको मियामी उपाधिबाट चुक्यो

१० असोज ८०, बिहीबार

११ असोज, एजेन्सी ।
लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीलाई हराउँदै हुस्टोन डाइनामोले युएस ओपन कपको उपाधि जितेको छ। घाइते भएपछि मेसी बिनै मैदानमा उत्रिएको मियामीलाई २–१ गोलले हराउँदै डाइनामोले उपाधि उचाल्यो। खेलको २४औं मिनेटमा ग्रिफ्टिन डोर्सेको गोलमा डाइनामोले अग्रता बनाएको थियो।

३३औं मिनेटमा पाएको पेनाल्टीमा अमिने बास्सीले गोल गरेपछि डाइनामोले अग्रता दोब्बर बनायो। पहिलो हाफमा २–० ले पछि परेको मियामीले दोस्रो हाफको अन्त्यतिर १ गोल गरे पनि हार टार्न सकेन। खेलको अतिरिक्त समयमा जोसेफ मार्टिनेजले मियामीलाई लागि १ गोल गरे। घरेलु मैदानमा उपाधि उचाल्ने मियामीको योजना सफल हुन सकेन ।

खुट्टामा चोटका कारण मेसी खेलमा सहभागी भएनन् । उनले क्लब र देशका लागि पछिल्ला ४ खेल गुमाइसकेका छन् । मेसी कहिले मैदानमा फर्किने छन् भन्ने अझै यकिन भइसकेको छैन । गत सेप्टेम्बर २० मा टोरोन्टोविरुद्धको खेलमा खुट्टामा समस्या देखिएपछि सात पटकको बालोन डि’ओर विजेताले पहिलो हाफमा मैदान छाडेका थिए ।

Advertisement

यसअघि गुमना जत्तिकै बनेको मियामीलाई मेसीले इतिहासमै पहिलो पटक उपाधि दिलाएका थिए । मेसी प्रेरित खेलमा नासभिललाई हराउँदै मियामीले लिग्स कपको उपाधि उचालेको थियो । उक्त प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै मेसीले गोल्डेन बल र सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट समेत जिते।

अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब मियामी यसअघि कहिल्यै उपाधि जित्ने हैसियतसम्म देखाउन सकेको थिएन। मेसी जानुपूर्व करिब १ दर्जन खेलमा जितविहीन भएको मियामीले मेसी आबद्ध भएपछिका ७ खेलमा ७ वटैमा जित निकालेको थियो । जहाँ मेसीले ७ खेलमा १० गोल १ असिस्ट गरे।

Advertisement

मियामीका लागि आफूले खेलेका हरेक गोलमा मेसीले गोल गरे। जसले मियामीलाई उपाधिको हकदार मात्रै बनाएन क्लब इतिहासमै पहिलो पटक उपाधि समेत जिताएको थियो । तर मेसी विनाको मियामी युएस ओपन कपको उपाधि नजिक पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top