विराटनगरमा ओपन हाउस, खानाका पारखीलाई अफरैअफर (फोटोसहित)

११ असोज ८०, शुक्रबार

११ असोज, विराटनगर । पारिवारिक, खुल्ला र रमणीय वातावरणमा रमाउँदै सबै किसिमका खानाका साथै पेयपदार्थहरुको आनन्द लिन चाहने पारखीहरुका लागि विराटनगरमा ओपन हाउस लाउन्ज एण्ड बार खुलेको छ ।

पछिल्लो समय रेष्टुरेन्टहरुका लागि हब नै बन्दै आएको विराटनगर महानगरपालिका–४ पीपल चौकमा रहेको ओपन हाउस लाउन्ज एण्ड बारको उद्घाटन शुक्रबार हुँदैछ ।

आर्थिक मन्दी जहिले नरहने र सबै युुवाहरु विदेश पलायन भइरहेको समयमा युवाहरुलाई देशमै केही गर्न सकिन्छ भन्ने संभावना देखाउन र स्थानीय व्यापारलाई प्रवद्र्धन गर्न विराटनगरमा यो व्यवसाय सुरु गरेको रेस्टुरेन्टकी सञ्चालक श्रुति शर्माले नेपाल टाइम्सलाई बताइन् ।

शिक्षाको क्षेत्रमा लागेर काम गरिरहेकी शर्माले आजको समयमा एउटा व्यापार व्यवसाय, पेशामा मात्र लागेर जिविका चलाउन नसकिने भन्दै यो व्यवसायमा आफ्नो रुचि रहेकाले सुरु गरेको बताएकी छिन् ।

यस रेस्टुरेन्टमा थकाली खानादेखि लिएर इन्डियन, चाईनिज र विभिन्न महादेशीय खानाका परिकारहरुका साथै बारको पनि व्यवस्था गरिएकाले सबै किसिमका खाना र पेय पदार्थका पारखीहरुका लागि एकै छाना मुनि सबै पाइने उनले जानकारी दिइन् । पहिले काठमाडौँमा फ्लेम्स् रेस्ट्रो क्याफेको रुपमा सुरु गरेको व्यापारलाई टिमसहित विराटनगरमा सारिएको उनले बताइन् ।

रेस्टुरेन्टले करिब १५/१६ जनालाई रोजगारी पनि दिने उनले बताइन् । रेस्टुरेन्ट हरेक दिन दिउँसो १२ बजेबाट बेलुका १० बजेसम्म खुला रहनेछ । साथै यहाँ अनलाइन अडर र डेलिभरीको पनि व्यवस्था गरिएकोले घरमा बसीबसी खाना अर्डर गर्न सकिनेछ ।

यस्तै बुधबार ‘वेडनस्डे वुमेन नाइट्स’ मा महिलाहरुका लागि विभिन्न अफर, शुक्रबार ‘फ्राइडे नाइट्स’मा संगीतिक कार्यक्रमको पनि आनन्द लिन सकिनेछ ।

उद्घाटनको दिन विशेष अफर राखिएको बताउँदै उनले उद्धघाटनको एक हप्तासम्मका लागि सबै खानाका परिकारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताइन् ।

रेस्टुरेन्टमा हरियाली वातावरणलाई त्यहाँको अग्र्यानिक देखिने लाईटिङ् सिस्टम, टेबुल कुर्सीहरुले अझै सुन्दरता थपेको छ । रेस्टुरेन्ट करिब एक करोड रुपैयाँको लगानीमा संचालनमा आउन लागेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top