एजेन्सी,भदौ २३
बलिउडमा अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिचको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन । यी दुई एकअर्कासँग डेट गइरहेको खबर मिडियामा आइरहन्छ ।
तर,अभिनेत्री आलिया भट्टले आफूहरू प्रेममा नरहेको बताएकी छिन् । केही समयअघि प्रेममा नरहेको खुलासा गरेता पनि यति बेला बलिउडमा यी दुईको विवाह हुन सक्ने खबरले सिने बजारमा माहोल तताएको छ ।
रणवीरका बाबु ऋषि कपुरले एक अन्तर्वातामा भनेका थिए –‘रणवीर कपुर र आलिया भट्ट प्रेम सम्बन्धलाई सहमत दिँदै रणवीर जसलाई चाहन्छ उसैसँग विवाह गर्न सक्छ, यो रणवीरको जीवन हो । आलियालाई नितु कपुर मन पराउँछिन् । म मन पराउँछु । रणवीर पनि मन पराउँछ ’