जम्मा २ जना मान्छे बस्ने सहर !

२३ भदौ २०७५, शनिबार
Share this
686shares

एजेन्सी,भदौ २३
अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा रहेको एउटा सहर, जुन सहरको मेयर रहेका व्यक्तिको निधन भएसँगै सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो ।

Advertisement

तर पछिल्लो समय केही आश पलाएर आएको छ कि यो सहरको जनसंख्या बढेर ४ जना पुग्ने अपेक्षा गरिएको छ । यतिबेला त्यो सहरको जनसंख्या जम्मा २ जना मात्र रहेको छ । रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलाईमा निधन भएसँगै उक्त सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो ।

सहरको अस्तित्व कायम राख्नका लागि न्यूनतम जनसंख्या ३ जना हुनुपर्ने रहेछ ।सहरमा अहिले लाउरिन्डा रोलोसन र उनका पती टेरी रोलोसन मात्र बस्दछन् ।अहिले उक्त सहरको नागरिकता प्राप्त गर्नका लागि योग्य एकजना अर्का व्यक्ति फेला परेको जनाईएको छ ।

Advertisement

ग्रेग स्कमाल्ज नामका व्यक्तिसँग रुसो सहरको पोष्ट बक्स नम्बर रहनुका साथै कुखुरा र घोडा फार्म हेर्नका लागि हरेक दिन सहरमा आउने गर्दछन् । त्यसैले उनलाई सहरको नागरिकता प्रदान गरी मेयर बनाउने तयारी गरिएको छ ।

ग्रेग र उनकी पत्नी मिचेल हाल भेल्भा सहरमा बस्दछन् । तर रुजो बस्नका लागि उनीहरुले आफ्नो घर निर्माण गरिरहेका छन् ।

Advertisement

रुजो सहर सन् १९०९ मा स्थापना हुँदा त्यहाँ १ सय ४१ जनसंख्या थियो ।तर, सन् १९५६ पछि अन्नमिल बन्द भएसँगै यहाँका मानिसहरु बसाई सर्न थाले ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top