×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

ओलीले उठाए कैद मिनाहामाथि प्रश्न, राष्ट्रपति खोपीको

१६ आश्विन २०८०

१६ असोज, काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्ष दलको नेताका रुपमा करिब २ घण्टा आज संसदमा संबोधन गरेका छन् । सम्बोधनमा मिहिन रुपमा सरकारले गरेका हरेक निर्णय र प्रधानमन्त्रीको भ्रमणलाई केलाएका ओलीले सुरुवातको २० मिनेट सरकारले सुरु गरेको भनेको भ्रष्टाचारविरुद्धको अभियानलाई लिएर गृहमन्त्रीमाथि अनेकौं प्रश्न उठाएका छन् ।

सम्बोधनकै क्रममा ओलीले कडा शब्दमा जनयुद्ध दिवसमा दिइने बिदा फिर्ता गर्न माग गरेका छन् । उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताए । बिदा फिर्ता नलिए यसले युद्ध नत्यागेको स्पष्ट पार्ने भन्दै उनले अहिलेको संविधान र प्रश्नलाई ट्याकल गर्न खोजेको देखिने बताए । अध्यक्ष ओलीले बिदा दिने निर्णय फिर्ता नलिए एमालेले त्यसका विरुद्ध कदम चाल्ने चेतावनी दिए ।

“मेरो समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । मैले शेरबहादुर देउवासँग कुरा गरेँ, मान्नुभएको छ, उत्सव मनाउँछु, बिदा दिन्छु, म प्रम भएपछि किन नमनाउने भन्नुभयो । मैले सम्भव छैन भनेँ, उहाँले बिदा घोषणा गरेँ भन्नुभयो,” उनले भने, “उहाँले हामीलाई शान्तिको प्रयासलाई हिंसाको जयगानबाट जवाफ दिन्छु भन्नुभयो । हिंसा सुरु गरेको दिनलाई उत्सव मनाउन बिदा गरेर स्वीकार्य कुनै हालतमा छैन ।

बिदा रद्द नगरे हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।” ओलीले जनयुद्ध कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै हिंसालाई स्वीकार गर्न नसकिने बताए । उनले अहिलेको सरकारले शान्ति प्रकृयाको काम सक्नुभन्दा पनि उनीहरुलाई रुवाउने, नुनचुक थप्ने काम गरिरहेको धारणा राखे । यस्तै ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाए ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् । ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ ।

दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’ उनको प्रश्न थियो । यस्तै उनले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कडा आलोचना गरे । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाए ।

सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो । यस्तै सरकार जनताप्रति अनुत्तरदायी रहेको ओलीको आरोप थियो । ’कांग्रेसको नेतृत्वको गठबन्धन, त्यसयता अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् तपाईं हामी सबैले देखेका छौं, भन्न मिल्नु नमिल्नु, सक्नु नसक्नु बेलग्लै हो ।

वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैरजिम्मेवार देखिएका छन्, स्वेच्छाचचारी देखिएका छन्,’ उनले भने, ’विकास विरोधी देखिएका छन् । विकासका कामहरूलाई ठप्प पारेका छन् ।’ चालु आयोजना रोकिएको र काम सम्पन्न भएकालाई भुक्तानी नदिइएको ओलीको भनाइ थियो । निर्माण व्यवसायीको पैसा भुक्तानी नहुँदा समस्या आएको उनले बताए ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top