रिगल माफी सर्वाेच्चमा,राष्ट्रपतिमाथि प्रश्नैप्रश्न,आजदेखि अनसन

१५ असोज ८०, मंगलबार

१६ असोज, काठमाण्डौ ।
संविधान दिवसका दिन मन्त्रीपरिषद्को निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका रिगल भनिने योगराज ढकालले खुँडा प्रहार गरि हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गर्ने घोषणा गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् ।

ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिला पनि उक्त घटनालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ । चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनको भनाई छ ।

घटनाको आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । उक्त घटनादेखि डिप्रेसनको औषधी खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाई छ । “घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन ।

Advertisement

डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ,” उनले भनिन्, “मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु ?’” चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको उनको भनाई छ । राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा फेरि दोहो¥याइदिएको उनको आरोप छ ।

“जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहा¥याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरि दोहो¥याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,” उनले भनिन् ।

Advertisement

हत्यारा छुट्नुले देशमा कानुन नभएको महसुुस भइरहेको उनले बताइन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाइन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।

“राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पु¥याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,” उनको प्रश्न थियो उनले आममाफीका विषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्न गरिन् ।

यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् । “यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?” प्रश्न गर्दै उनले भनिन्, “मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आज मलाई यो दिन देखाउनुभयो ।

न्यायका लागि गुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?” हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलको आममाफीको घट्नाले आफूले फेरि मरेको महसुस गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाइन् । यसै विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज प्रतिनिधि सभामा सरकार र राष्ट्रपतिमाथि प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा उनले सरकारको कडा आलोचना गरेका हुन् । उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताए । रिगललाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए ।

श्रीमान्का हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top