×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

लुम्बिनीमा चिनियाँ चासो, खुल्यो बीआरआईको कार्यालय

२० आश्विन २०८०

२० असोज, काठमाण्डौ ।
बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । यससंगै लुम्बिनीमा चीनको महत्वपूर्ण आयोजना बीआरआईको कार्यालय पनि शुभारम्भ भएको छ ।

शुक्रबार बेल्ड एण्ड रोड र सिल्क रोडमार्फत विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु गरेकै दिन बीआरआईको १० औं वार्षिकोत्सवको अवसरमा यहाँ कार्यालय सुरु गरिएको हो । चीन, भारत, भियतनाम, बर्मालगायतका देशबाट शीर्ष व्यक्तिहरुको सहभागिता रहेको यो प्रदर्शनीमा बौद्ध दर्शन र संस्कृतिका प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

Advertisement
Advertisement

बौद्ध संस्कृति सम्मलेन तथा बीआरआईको १० औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्ने वक्ताले बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने बताए । चिनियाँ बौद्ध भिक्षुयात्रीहरु फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरुले बताए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन् । उनले बीआरआईले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

‘प्रधानमन्त्रीको भर्खरको चीन भ्रमणमा पनि बीआरआई कार्यान्वयनमा जोड दिइएको छ,’ उनले भनिन्, ‘व्यापार, मुलुकहरुबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपूर्ण हुनेछ ।’ तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवद्र्धनमा टेवा पुग्ने उनले बताइन् । बीआरआर्ई परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो ।

क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ । सो कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्करोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कार्यहरुले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुसरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए ।

लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवद्र्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए । भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए । यी क्षेत्रका पहिचानमा चिनिया यात्रीहरुको भूमिकालाई बिर्सन नहुने उनको भनाई छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताए । भिक्षु महासंघका निग्रोध महाथेरले कैयौं बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए । उनले यो क्षेत्र निकै महत्वपूर्ण रहेकाले बिआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताए ।

बौद्ध भिक्षु महासंघका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहेको साथै साँस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए । आईसिसिआर चियर प्रोफेसर बिमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसंग आवद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरुले बौद्ध धर्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

Advertisement
Advertisement

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा.कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएको र विज्ञहरुले छलफल गरेको बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top