श्री ५ महाराजधिराजका नाममा ज्ञानेन्द्र शाहको विज्ञप्ति

२१ असोज ८०, सोमबार

२२ असोज,काठमाण्डौ ।
इजरायल–प्यालेस्टाइन लडाइँको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले मार्मिक रुपमा लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो ।

यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’ सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन्।इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् । यता पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको र केही घाइते भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

Advertisement

गणतन्त्र स्थापनापछि आम नागरिकका रुपमा रुपान्तरण भईसकेका पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट श्री ५ महाराजधिराजका नाममा उनको संवाद सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ, “यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वेदश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नुपर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top