NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

कोशी सरकार बनाउन दौडधूप, कसले मार्ला बाजी ?

मङ्लबार अशोज २३ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ असोज, विराटनगर ।
संविधानले दिएको अन्तिम विकल्प (धारा १६८ (५)) अनुसार सरकार बनाउन कोशी प्रदेशमा सांसदहरूको दौडधुप तीव्र बनेको छ । ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले राजीनामा दिएपछि संविधानअनुसार अन्तिम विकल्पमा दलहरू पुगेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् । बहुमत सांसदको समर्थन जुटाउने जुनसुकै सांसद मुख्यमन्त्री बन्न सक्ने व्यवस्था उक्त धारामा छ ।

मुख्यमन्त्रीको दौडमा मुख्यगरी केन्द्रीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र लागेका छन् । कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले कोशीमा सरकार गठनका लागि पहल गर्ने निर्णय मंगलवार गरेको छ । त्यसका लागि राप्रपालाई मनाउने तयारी कांग्रेसको छ । नेपाली कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन राप्रपालाई मनाउने निर्णय गरेको छ ।

Advertisement

मंगलवार बिहान पार्टी सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । दुई पटक आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास पूर्णतामा नपुगेपछि कांग्रेसले राप्रपालाई मनाउने निर्णय गरेको जानकारी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए । कांग्रेसभित्र विभिन्न गुट, उपगुटका नेता मुख्यमन्त्रीको दौडमा छन् ।

दुईपटक मुख्यमन्त्री बनेर पद गुमाएका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा ह्याट्रिक गर्ने बताउँदै आएका छन् । यस्तै केदार कार्की पनि खुलेर नै मुख्यमन्त्रीको दौडमा छन् । दुई–दुईपटक सर्वाेच्चले गलत भनेका व्यक्तिलाई मुख्यमन्त्री मान्न नसकिने तर्क उनको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा सघाउन भन्दै एमाले नेताहरूसँग पनि भेटिरहेका छन् ।

कांग्रेसकै अमृत अर्याल र हिमाल कार्कीले पनि पहल गरिरहेका छन् । अर्कातिर माओवादीबाट संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो, पूर्व भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईं र पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतम पनि मुख्यमन्त्रीको दौडमा छन् । संसदीय दलको नेताको हैसियतले आफ्नो स्वाभाविक दाबी हुने आङ्बोको बुझाइ छ ।

चापागाईंले आफूलाई एमालेको समर्थन हुने बताएर मुख्यमन्त्री दाबी गरेका छन् भने गौतम आफूले सभामुख पदबाट समेत राजीनामा दिएको भन्दै दावी गर्दै आएका छन् । गठबन्धन दलसँग सरकार बनाउन आवश्यक पर्ने ४७ सांसदको संख्या मात्रै छ । उद्धव थापाले गत भदौ ४ गते विश्वासको मत लिँदाजस्तै उपसभामुखले प्रदेश सभा बैठक सञ्चालन नगरिदिएको खण्डमा मध्यावधिको खतरा पनि उत्तिकै छ ।

तर दलहरू भने मध्यावधि भए चुनावी सरकार हुने भन्दै बल गरिरहेका छन् । धारा १६८(३) को सरकार बन्नु अगाडिसम्म नेकपा एमालेसँगै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पछिल्लोपटक प्रतिपक्षी बेञ्चमा बसेपछि कोशीमा राप्रपाले गठबन्धनलाई सघाउने हल्ला समेत सुरू भएको छ । तर, राप्रपाले ठोस निर्णय भने दिएको छैन ।

मध्यावधिमा जानबाट रोक्न भूमिका खेल्ने राप्रपाले बताउँदै आएको छ । अहिले सभामुख लिने विषयमा समेत राप्रपा सकारात्मक देखिएको गठबन्धनका नेताहरूले बताएका छन् । केन्द्रीय सत्ता गठबन्धनका नेताहरू सरकार गठनको पहलका लागि काठमाडौं पुगेका छन् । उनीहरूले त्यहाँबाट ल्याउने सहमति वा निर्णयले कोशी प्रदेशसभाको भविष्य निर्धारण गर्ने देखिएको छ ।

Tags: #कोशी सरकार बनाउन दौडधूप#कोशीमा सरकार

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.