आज सुनको भाउ सामान्य घट्दा चाँदीको स्थिर

२४ असोज ८०, बुधबार
Share this
681shares

२४ असोज,काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा बुधबार सुनको सामान्य घटेको छ।मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

Advertisement

आज चाँदी प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top