×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टाइटन पनडुब्बीको मानवीय अवशेष फेला

२४ आश्विन २०८०

२४ असोज,एजेन्सी ।
टाइटानिक जहाजको भग्नावशेष हेर्नका लागि ५ पर्यटक लिएर समुद्र मुनि गएको टाइटन पनडुब्बी भग्नावशेष ४ महिनापछि भेटिएको छ । गत असारमा बेपत्ता भएको एक पनडुब्बीको भग्नावशेष र अनुमानित मानवीय अवशेष फेला परेको अमेरिकी तटीय सैन्य बल (कोस्ट गार्ड)ले बताएको छ ।

गत जुनमा पाँचजना यात्रु बाकेको टाइटन पनडुब्बीले टाइटानिक जहाजको भग्नावशेष रहे नजिकै गएको थियो । त्यसको केही घण्टापछि बेपत्ता भएको टाइटन पनडुब्बी विस्फोट भएको र पाँचैजनाको मृत्यु भएको बताइएको थियो । पाकिस्तानी अर्बपतिका बाउछोरासहित पाँचै पाँचजना सवार पनडुब्बी खोज्न अन्तर्राष्ट्रिय अभियान नै चलेको थियो ।

Advertisement
Advertisement

केही दिनपछि मात्रै पनडुब्बीको पहिलो भग्नावशेष फेला परेको थियो । तटरक्षक अधिकारीले मंगलबार पनडुब्बीका थप टुक्राहरू गत हप्ता फेला पारेको र अमेरिकी बन्दरगाहमा लगिएको बताएका छन् । चिकित्सा अधिकारीले मानव अवशेषको विश्लेषण गर्ने बताइएको छ । अहिलेसम्म टाइटन कसरी र किन विष्फोट भयो भन्ने आधिकारिक प्रमाण भेटिएको छैन् । टाइटानिक जहाजको भग्नावशेष तर्फ यात्रा सुरू गरेको १ घन्टा ४५ मिनेटमै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।

पनडुब्बीमा पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य ४८ वर्षीय दाउद शाहजादा, उनका छोरा १९ वर्षीय सुलेमान, ब्रिटिश अर्वपति ५८ वर्षीय हमिश हार्डिङ, ७७ वर्षीय पल अन्नी सवार थिए। पनडुब्बी बनाउने ओशनगेट कम्पनीका कार्यकारी प्रमुख ६१ वर्षीय स्टक्टन रशपनि उनीहरूसँगै टाइटानिक जहाज हेर्न गएका थिए । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको भग्नावशेष पानीको सतहबाट तीन हजार ८ सय मिटर गहिराइमा छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top