×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

रिगलको मुद्दा प्रधानन्यायाधीशले किन हेर्न मानेनन् ?

२५ आश्विन २०८०

२५ असोज, काठमाण्डौ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्ननसमल्ने घोषणा गरेका छन् । यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिएका हुन् ।

आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो । केहीबेर दुवै पक्षको बहस सुनेपछि खाजा समयका लागि इजलास स्थगन गरियो । तर, त्यसपछि बसेको इजलासमा प्रधानन्यायाधीशले यसअघि आफूसहित तीनै न्यायाधीशले यस्तो खालको मुद्दा हेरिसकेकाले ‘रिक्युजल’ को घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ । अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ । रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनी इजलासलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै उनीहरुले समेत रिक्युजलको घोषणा गरेका थिए । यसैबीच कानून व्यवसायीले सर्वाेच्च अदालतका प्रधान न्यायाधीशसहितको पूर्ण इजलासले सर्वाेच्चकै एकल इजलासको आदेश अवज्ञा गरेको बताएका छन् ।

यसअघि डा.मनोज शर्माको एकल इजलासले भारतीको रिटमाथि प्रारम्भिक सुनुवाईका क्रममा ८ वटा शर्तसहितको कारण देखाऊ आदेश जारी गर्दै अर्को सुनुवाईको मिति तोकेको थियो । पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने भनी असोज २५ गतेको मिति तोकेर यसमा कुनै पक्ष निवेदन दिएर हटाउन नपाइने र त्यस दिन बिदा भए भोलिपल्ट सुनुवाई गर्ने आदेश शर्माबाट भएको थियो ।

चेतन मानन्धरको ज्यान लिएको मुद्दाका अभियुक्त योगराज ढकाल रिगलको कैद मिनाहाविरुद्ध दायर भएको रिटमाथि गत बिहीबारको न्यायाधीश मनोज शर्माको इजलासले सरकारसँग माफीको बारेमा निर्णय माग गर्नुका साथै राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।

रिगललाई आममाफी दिएको भन्दै राष्ट्रपति पौडेलको अहिले चौतर्फी आलोचना भइरहेको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

Advertisement

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top