NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

३ लाख इजरायली सेना गाजाभित्रै पस्दै, अब के हुन्छ ?

बिहिबार अशोज २५ , २०८०
Reading Time: 1 min read
A A
गाजाको सीमामा १ लाख इजरेली सेना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ असोज, काठमाण्डौ ।
इजरायल र हमासबीचको युद्ध छैटौँ दिनमा प्रवेश गरेको छ । यस युद्धमा हालसम्म २४ सय मानिसले ज्यान गुमाएका छन् । हमासको आक्रमणमा इजरायलमा १२ सयको मृत्यु हुँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजाक्षेत्रमा पनि १२ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाबाट विस्थापित हुनेको संख्या तीन लाख ३८ हजार पुगेको राष्ट्रसंघले जनाएको छ ।

इजरायल सरकारका अनुसार हमासले शनिबारको आक्रमणपछि १५० जनालाई अपहरण गरेर गाजा पट्टीमा बन्दी बनाएको छ । हमासले इजरायलको हवाई आक्रमण जारी रहे अपरहण गरिएका सबैको ज्यान लिने धम्की दिएको छ । यस्तोमा इजरायल सरकारले हवाई आक्रमण कम गरेर जमिनमा युद्ध गर्ने रणनीति लिएको छ ।

बीबीसीका अनुसार यतिबेला गाजालाई पूर्ण रूपमा घेराबन्दी गरेर इजरायलले सिमानामा ३ लाख सेना तैनाथ गरेको छ । ती सेनालाई गाजाक्षेत्रभित्रै पठाइने सम्भावना छ । यसो हुँदा अब हवाई आक्रमण बन्द हुनेछ र मैदानमा हमासका लडाकुसँग युद्ध चल्नेछ । मैदानमा हुने युद्ध जिते अपहरणमा परेका मानिसहरू सकुशल उद्धार गर्न सकिने इजरायलको सोच छ ।

पछिल्लोपटक हमासको आक्रमणमा इजरायलको हवाई प्रतिरक्षा प्रणाली कमजोर देखिएको विश्लेषण पनि भइरहेको छ । गत शनिबार एकै दिन हमासले ५ हजार रकेट र क्षेप्यास्त्र इजरायलतर्फ आक्रमण गरेको थियो । इजरायलमा आइरन डोम भनिने हवाई प्रतिरक्षा प्रणालीले ९६ प्रतिशत आक्रमणलाई रोक्ने दाबी गरिन्छ । तर, यसपटक आइरन डोम असफल भएको टिप्पणी भइरहेको छ ।

पहिलेजस्तो हमासले यसपटक आक्रमणको कुनै चेतावनी दिएन, साथै उनीहरूले दोस्रो विश्वयुद्धताकाको युद्ध रणनीति अपनाएका कारण पनि यसपटक इजरायलतर्फ धेरै क्षति हुन पुगेको हो । यस्तै हमासका लडाकुहरू समुद्र, सीमाक्षेत्र र आकाशबाटै इजरायल प्रवेश गरेका थिए । इजरायली सेनाका प्रवक्ता रिचर्ड हेचले प्यालेस्टिनी लडाकुहरू प्यारासुटबाट इजरायलको समुद्री तथा स्थल क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेका छन्।

इजरायलविरुद्ध हमासले प्यारासुटबाट उत्रिएर यसरी आक्रमण गरेको यो नै पहिलोपटक हो । अग्रमोर्चामा रहेको आफ्नो सैन्य टोलीलाई विपक्षीको रेखा पार गराउन सकिन्छ भन्ने उद्देश्यका साथ मोटर प्यारासुटको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धको समयमा जर्मन, जापानजस्ता देशले प्यारासुटबाट आफ्ना सेनालाई अन्य देशको भूमिमा उतारेका थिए ।

अमेरिकाको पर्ल हार्बरमा जापानी सेनाले प्यारासुटबाट अवतरण गरेर भीषण आक्रमण गरेको घटनालाई अझै सम्झिने गरिन्छ । हमासले प्रयोग गरेको मोटर प्यारासुटको माध्यमबाट प्याराग्लाइडरहरू जमिनबाट औसत ५ हजार मिटरको उचाइमा तीन घण्टासम्म उड्न सक्छन् ।

प्याराग्लाइडिङ वेबसाइटहरूका अनुसार उनीहरूले २३० किलोसम्म बोक्न सक्छन् वा उनीहरू चार जना व्यक्तिसम्मलाई एकैसाथ उडाउन सक्छन् । इजरायली सञ्चारमाध्यमहरूका अनुसार इजरायली वायु रक्षा प्रणाली आइरन डोम र राडारजस्ता प्रणालीले क्षेप्यास्त्र र रकेटजस्ता हतियारलाई पत्ता लगाउन सक्छन्, तर प्यारासुटमा आएका दुस्मनलाई प्रतिरक्षा प्रणालीले पत्ता लगाउन नसक्दा यसपटक इजरायलमा धेरै मानिसले ज्यान गुमाएका छन् ।

यसबाट इजरायल आफ्नो प्रतिरक्षा प्रविधिमा पूर्ण रूपमा विश्वस्त र निर्भर थिए भन्ने स्पष्ट हुन्छ । यदि सीमाक्षेत्रमा प्रतिरक्षा प्रणालीसँगै सेना पनि तैनाथ भए उनीहरूले प्यारासुटबाट आएका मानिसहरूलाई आकाशमै विफल बनाउन सक्थे । यसैबीच इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वबारे छलफल गर्न शुक्रबार पुनः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ ।

आइतबार बसेको बैठकमा इजरायल र प्यालेस्टाइनका विषयमा सुरक्षा परिषद्का सदस्यहरू विभाजित थिए । यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिेन्केनले बिहीबार इजरायलको भ्रमण गर्दै छन् । उनले प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बाससँग पनि भेट गर्ने बताइएको छ । राष्ट्रपति अब्बास हमाससँग जोडिएका छैनन् ।

उनले वेस्ट बैंकमा फतह ‘मुभमेन्ट’ नेतृत्वको सरकार चलाएका छन् । हमासले गाजापट्टीमा शासन गर्दै आएको छ । इजरायलले गाजातर्फ औषधि, खाना, इन्धन, पानी, बिजुलीलगायत सामग्रीको आपूर्ति बन्द गरेको छ । गाजाको एक मात्र विद्युत् केन्द्र बन्द भएको छ । अमेरिकाले इजरायल, राष्ट्रसंघ र इजिप्टसँग केही सहायता पठाउन र स्थानीय बाहिर निस्कने व्यवस्थाका लागि छलफल गरिरहेको बताइएको छ ।

Tags: #३ लाख इजरायली सेना गाजाभित्रै पस्दै#इजरायल–हमास द्वन्द्वः#इजरायली सेना गाजाभित्रै

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.