मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

५ कात्तिक ८०, सोमबार

६ असोज,काठमाण्डौ ।

Advertisement

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।सोमबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

Advertisement

सोमबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top