×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

रोनाल्डो र सलमान आमनेसामने, तर बोलेनन्

१३ कार्तिक २०८०

१३ कार्तिक, एजेन्सी ।
शनिबार राति साउदी अरबको रियादमा विश्वकै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बलिउडका दबंग सुपरस्टार अभिनेता सलमान खान एकैसाथ देखिए । तर उनीहरुबीच बोलचालसमेत भएको देखिएन । शनिबार रियादमा हेभिवेट बक्सिङ भिडन्त हेर्न दुवैजना पुगेका थिए । वर्तमान डब्लूबीसी च्याम्पियन टाइसन फ्युरी र पूर्वयूएफसी च्याम्पियन फ्रान्सिस एनगानुबीच प्रतिस्पर्धा भएको थियो ।

स्प्लिट डिसिजनका आधारमा फ्युरीले एनगानुलाई पराजित गरे । उक्त खेल हेर्न माइक टाइसन, अलेकजेन्डर उसेक, म्यानी प्याकियोजस्ता विश्वचर्चित बक्सरहरू पुगेका थिए । त्यस क्रममा हाल साउदी अरबको अल–नासरबाट फुटबल खेलिरहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो प्रेमिकासहित त्यहाँ पुगेका थिए ।

Advertisement
Advertisement

विश्वचर्चित फुटबलर रोनाल्डोतिर सबै क्यामेरा र पत्रकारको ध्यान जाँदा सो क्रममा बलिउडका सुपरस्टार सलमान खान पनि उक्त खेल हेर्न गएको पाइएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियो र तस्वीरहरूमा सलमान खान र रोनाल्डोलाई एकै फ्रेममा देख्न सकिन्छ । रोनाल्डो उनकी प्रेमिका जोर्जियाना रोड्रिग्वेजसँग सो प्रतियोगिता हेर्न जाँदा सलमान भने त्यहाँ एक्लै देखिन्छन् ।

उनीहरू आमने–सामने त हुन्छन् नै, सलमान खान रोड्रिग्वेज र रोनाल्डोकै पंक्तिको कुर्सीमा बसेका देखिएका छन् । तर, उनीहरूबीच एकपटक पनि संवाद नभएको एनडीटीभीले जनाएको छ । यस्तोमा भारतीय मिडियाहरूले सलमानले रोनाल्डोलाई वास्ता नगरेको दाबी गरिरहेका छन् ।

तर विश्वले चिन्ने रोनाल्डोलाई सलमानले वास्ता नगरेको कि रोनाल्डोले नचिनेको भन्ने वहस पनि सुरु भएको छ । रोनाल्डोलाई विश्वले चिन्छ, सलमानलाई भारत र दक्षिण एसियाका केही स्थानबाहेकका मानिसहरूले नचिन्न सक्छन् ।

सलमान खानलाई इन्स्टाग्राममा ६ करोड ७० लाखले फलो गरेका छन् भने रोनाल्डो विश्वमा सबैभन्दा बढी फ्यान र फलोवर भएका खेलाडी हुन् । रोनाल्डोलाई इन्स्टाग्राममा ६१ करोड मानिसले फलो गरेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top