×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

युद्ध बिराम गर्न डब्लुएचओको अनुरोध इजरेलले सुनेन

१३ कार्तिक २०८०

१३ कार्तिक, एजेन्सी ।
इजरायलले गाजाको प्रमुख अस्पताल अल कुड्स खाली गर्न चेतावनी दिएको प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । अल–कुड्स अस्पतालमा बम विस्फोट गराउने भन्दै इजरायली सेनाले धम्की दिएको रेड क्रिसेन्टले जनाएको हो । अस्तापलको आईसीयूमा बिरामी र इन्क्युबेटरमा नवजात शिशुहरू रहेका र उनीहरूलाई सार्न असम्भव हुने सो संगठनले जनाएको छ ।

गाजाको तल अल–हवा क्षेत्रमा रहेको सो अस्पताल प्रशासनले ५० मिटर पर बिहानैदेखि बम खसिरहेको जनाएको छ । अस्पताल र अस्पताल परिसरमा करिब १४ हजार मानिसले आश्रय लिएका बताइएको बीबीसीले जनाएको छ । यसअघि, अक्टोबर १७ मा इजरायलले अल–अहली अरब अस्पतालमा विस्फोट गराएको र त्यहाँ ५०० जनाको मृत्यु भएको प्यालेस्टाइनी पक्षले जनाएको छ ।

Advertisement
Advertisement

गाजामा मानवीय सहायतालाई अनुमति दिइएयता आइतबार ३० ट्रक त्यहाँ प्रवेश गरेका बताइएको छ । अक्टोबर ७ देखि सुरु भएको इजरायल–हमास युद्धमा गाजामा आठ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । इजरायलमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको र २३० जनालाई हमासले बन्धक बनाएको बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका प्रमुखले गाजा जारी युद्ध रोक्नुपर्ने जनाएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले गाजामा जारी युद्ध तत्काल रोक्नु पर्ने जनाएका हुन् । उनले युद्धविराम गरी शान्तिको लागि विनम्र अनुरोधसमेत गरेका छन् ।

केहि घण्टा अघि सामाजिक सञ्जालमा साझा गरिएको पोष्टमार्फत उनले इथियोपियाको टिग्रेका टेड्रोसले बाल्यकालमा युद्धको वरिपरि हुर्केका आफ्नै अनुभवहरू साझा गरेका छन् । ‘युद्धको छायामा फसेको बच्चाको रूपमा मैले यसको गन्ध, आवाज र दृश्यहरू राम्ररी चिनेको छु,’ उनले भने, ‘म अहिले द्वन्द्वको बीचमा परेकाहरूप्रति गहिरो सहानुभूति देखाउँछु, उनीहरूको पीडा मेरो आफ्नै जस्तो महसुस गर्दछु ।’

यसअघि पनि टेड्रोसले प्यालेस्टिनीस्थित अल–कुड्स अस्पतालमा निकासीको धम्कीको रिपोर्ट प्रति गहिरो चिन्ताको विषय भएको बताएका थिए । ‘हामी दोहो¥याउँछौं, बिरामीहरूले भरिएका अस्पतालहरू उनीहरूको जीवनलाई जोखिममा नराखी बाहिर निकाल्न असम्भव छ’ उनले भने ।

Advertisement

टेड्रोसले यसअघि आफ्ना काका इथियोपिया र इरिट्रियाबीचको युद्धमा मारिएको कुरा साझा गरेका थिए । यस्तै नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत इजरायल–हमास युद्ध रोक्नु पर्नेमा जोड दिएका थिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top