Nepal Times
Nepal Times
900
Shares

रोनाल्डो र सलमान आमनेसामने, तर बोलेनन्

रोनाल्डो र सलमान आमनेसामने, तर बोलेनन्

१३ कार्तिक, एजेन्सी ।
शनिबार राति साउदी अरबको रियादमा विश्वकै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बलिउडका दबंग सुपरस्टार अभिनेता सलमान खान एकैसाथ देखिए । तर उनीहरुबीच बोलचालसमेत भएको देखिएन । शनिबार रियादमा हेभिवेट बक्सिङ भिडन्त हेर्न दुवैजना पुगेका थिए । वर्तमान डब्लूबीसी च्याम्पियन टाइसन फ्युरी र पूर्वयूएफसी च्याम्पियन फ्रान्सिस एनगानुबीच प्रतिस्पर्धा भएको थियो ।

स्प्लिट डिसिजनका आधारमा फ्युरीले एनगानुलाई पराजित गरे । उक्त खेल हेर्न माइक टाइसन, अलेकजेन्डर उसेक, म्यानी प्याकियोजस्ता विश्वचर्चित बक्सरहरू पुगेका थिए । त्यस क्रममा हाल साउदी अरबको अल–नासरबाट फुटबल खेलिरहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो प्रेमिकासहित त्यहाँ पुगेका थिए ।

विश्वचर्चित फुटबलर रोनाल्डोतिर सबै क्यामेरा र पत्रकारको ध्यान जाँदा सो क्रममा बलिउडका सुपरस्टार सलमान खान पनि उक्त खेल हेर्न गएको पाइएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियो र तस्वीरहरूमा सलमान खान र रोनाल्डोलाई एकै फ्रेममा देख्न सकिन्छ । रोनाल्डो उनकी प्रेमिका जोर्जियाना रोड्रिग्वेजसँग सो प्रतियोगिता हेर्न जाँदा सलमान भने त्यहाँ एक्लै देखिन्छन् ।

उनीहरू आमने–सामने त हुन्छन् नै, सलमान खान रोड्रिग्वेज र रोनाल्डोकै पंक्तिको कुर्सीमा बसेका देखिएका छन् । तर, उनीहरूबीच एकपटक पनि संवाद नभएको एनडीटीभीले जनाएको छ । यस्तोमा भारतीय मिडियाहरूले सलमानले रोनाल्डोलाई वास्ता नगरेको दाबी गरिरहेका छन् ।

तर विश्वले चिन्ने रोनाल्डोलाई सलमानले वास्ता नगरेको कि रोनाल्डोले नचिनेको भन्ने वहस पनि सुरु भएको छ । रोनाल्डोलाई विश्वले चिन्छ, सलमानलाई भारत र दक्षिण एसियाका केही स्थानबाहेकका मानिसहरूले नचिन्न सक्छन् ।

सलमान खानलाई इन्स्टाग्राममा ६ करोड ७० लाखले फलो गरेका छन् भने रोनाल्डो विश्वमा सबैभन्दा बढी फ्यान र फलोवर भएका खेलाडी हुन् । रोनाल्डोलाई इन्स्टाग्राममा ६१ करोड मानिसले फलो गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.