आज नेप्सेसँगै कारोबार रकममा पनी गिरावट

१३ कात्तिक ८०, मंगलबार

१४ कात्तिक ,काठमाडौं ।

मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेको छ।यसदिन नेप्से परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा सीमित भएको छ।यस दिन २८६ वटा धितोपत्रको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको हो।

Advertisement

मंगलबार महुली लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेर प्रति कित्तामूल्य ७७१ रुपैयाँ पुगेको छ।यस्तै, एभरेष्ट बैंकको डिवेञ्चरको मूल्य ३.९० प्रतिशतले बढेको छ।उक्त डिवेञ्चरको मूल्य ८२६ रुपैयाँ कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २५५ रुपैयाँ २० पैसामा झरेको छ।यस्तै, एनआइबिएल ग्रोथ फण्डको इकाइ मूल्य ५.७१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९२ पैसामा सीमित भएको छ।

Advertisement

मंगलबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४८० रुपैयाँमा १ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५१५ रुपैयाँमा १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top