१४ कात्तिक ,काठमाडौं ।
मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेको छ।यसदिन नेप्से परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा सीमित भएको छ।यस दिन २८६ वटा धितोपत्रको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार महुली लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशतले बढेर प्रति कित्तामूल्य ७७१ रुपैयाँ पुगेको छ।यस्तै, एभरेष्ट बैंकको डिवेञ्चरको मूल्य ३.९० प्रतिशतले बढेको छ।उक्त डिवेञ्चरको मूल्य ८२६ रुपैयाँ कायम भएको छ।
सेयर मूल्य सर्वाधिक घट्नेमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २५५ रुपैयाँ २० पैसामा झरेको छ।यस्तै, एनआइबिएल ग्रोथ फण्डको इकाइ मूल्य ५.७१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९२ पैसामा सीमित भएको छ।
मंगलबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४८० रुपैयाँमा १ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५१५ रुपैयाँमा १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले घटेको छ।