NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ? आइतवार अशोज २६ , २०८२
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

जित नजिक पुगेर पनि ओमानसँग हार्याे नेपाल

आइतवार कार्तिक १९ , २०८०
Reading Time: 1 min read
A A
नेपालले ओमानलाई दियो ठूलो चुनौती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ कार्तिक, काठमाण्डौ ।

आइसिसी टी–२० विश्वकप एसिया छनोटको च्याम्पिन बन्नबाट नेपाल चुकेको छ । आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो।

सुपर ओभरमा नेपालका लागि अभिनास बोहराले बलिङ गरेका थिए । उनले पहिलो बलमा एक रन दिए। दोस्रो बलमा ओमानका नीशम खुसीले छक्का हिर्काए। तेस्रो बल डट भयो। चौथो बल पनि छक्का भयो। त्यसपछिको बल वाइड भयो। पाँचौ बलमा ओमानले छक्का हिर्कायो। अन्तिम बलमा एक रन लिँदा ओमानले सुपर ओभरमा २१ रन जोड्यो।

LS Auto

सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याउदा नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आए। बलिङमा ओमानका बिलाल खान थिए। तर पहिलो बलमै कुशल क्याच आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन्। तेस्रो बलमा मल्लले एक रन मात्र लिन सके। चौथो बलमा गुल्सन झाले एक रन लिए।

पाँचौ र छैटौं बलमा गुल्सनले चौका हिर्काएपछि नेपालले १० रन मात्र जोड्न सक्यो। त्यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो। जसमा नेपालका सन्दीप लामिछानेले पहिलो बलमा एक रन दिँदा दोस्रो र तेस्रो बलमा विकेट लिए। ओमानका लागि चौथो बलमा फयज बटले एक रन र पाँचौ बलमा नदीमले चौका प्रहार गरे।

अन्तिम बलमा दुई रन लिनु पर्ने स्थितिमा ओमानले एक रन मात्र जोड्न सक्यो। दुई रन लिने क्रममा ओमानका फयज बट रनटआउट भए। ओमानका लागि कश्यप प्रजापति ६३ रन जोडे। १८औं ओभरमा नेपालका अभिनास बोहराबाट क्याचआउट हुनुअघि उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

बलिङमा नेपालका सन्दीप र करणले २–२ विकेट लिए। आइतबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यक्रमका ब्याटस्मयानद्वय गुल्सन झा र रोहितकुमार पौडेलको अर्धशतकमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोड्यो। कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा गुल्सनले २५ बलमा ५४ रनको योगदान गरे।

गुल्सनले ५ चौका र ४ छक्का प्रहार गर्दा नेपालको रन स्कोर बढेको थियो। गुल्सनसँगै कप्तान रोहित पौडेलको अर्धशतक पनि नेपालका लगि महत्वपूर्ण सावित भयो। रोहितले नटआउट ५२ रन जोडे। उनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै करण केसीले नटआउट २० रन जोडे। करणले ५ बलमा १ चौका र २ छक्का प्रहार गरे। नेपालले अन्तिम ओभरमा ओमानका फयज बटलाई २४ रन प्रहार गरेको थियो।

पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो। बलिङमा ओमानका विलाल खानले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। नेपाल समूह चरणको अन्तिम खेलमा पनि ओमानसँग ५ रनले पराजित भएको थियो । दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी–२० विश्वकपमा पुगिसकेका छन् ।

Tags: #ओमानसँग हार्याे नेपाल#च्याम्पियन बन्न चुक्यो नेपाल

लोकप्रीय

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

विचार

थप समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
खेलकुद

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?
ताजा समाचार

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.