×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओमानलाई उपाधि,दबदबा नेपालको

१९ कार्तिक २०८०

१९ कार्तिक, काठमाण्डौ ।
नेपालका तीव्र गतिका बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट भएका गुल्सनले मोटरसाइकल पाए । गुल्सनले प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए ।

सिंगापुरविरुद्ध २ विकेट लिएका उनले मलेसिया र ओमानसँग १–१ विकेट लिएका थिए । सर्वोत्कृष्ट वापत गुलशनले पल्सरको १ सय ६० सिसीको मोटरसाइकल पाउनेछन् । ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए । घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए । ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए ।

Advertisement
Advertisement

विलालले ५ खेलमा ११ विकेट लिएका थिए । ओमानलाई उपाधि जिताउन प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए । आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि ओमानले जिते पनि नेपालका कुशल भुर्तेल प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पाँच पालीमा कुशल भुर्तेलले कुल एक सय ८५ रन बनाए ।

सर्वाधिक विकेट लिने बलरको सूचीमा भने ओमानका बिलाल खान सबैभन्दा अगाडि रहे । बिलालले प्रतियोगिताको पाँच पालीमा कुल ११ विकेट लिए । सर्वाधिक विकेट लिने बलरहरुको सूचिमा नेपालका प्रभावशाली स्पिनर सन्दीप लामिछाने तेस्रो स्थानमा रहे । सन्दीपले प्रतियोगिताको पाँच पालीमा कुल नौवटा विकेट लिए । प्रतियोगिताको फाइनलमा पनि उनले दुई विकेट लिएका थिए ।

प्रतियोगिताको फाइनलमा ओमानका कश्यप प्रजापती प्लेयर अफ दी म्याच घोषित भए । उनले प्रतियोगिता अवधिभरमा दुईवटा अर्धसतक बनाएका थिए । ओमानकै अकिब इलियसले प्लेयर अफ दी सिरिजको पुरस्कार पाए । प्रतियोगितामा ब्याटिङतर्फ सबैभन्दा उत्कृष्ट ‘स्ट्राइकर रेट’ भने नेपाली ब्याट्सम्यान करण केसीको रह्यो ।

उनले उनको ‘स्ट्राइक रेट’ २०५.८८ रहेको थियो । यसैगरी प्रतियोगिताको एउटै पालीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा हङ्कङका मार्टिन कोएट्जी पहिलो स्थानमा रहे । यो सूचिमा नेपालका कुशल भुर्तेल दोस्रो स्थानमा रहे । उनले कीर्तिपुर क्रिकेट स्टेडियममा खेलिएको सिंगापुरविरुद्धको खेलमा ४८ बलमा ७४ रन बनाएका थिए ।

प्रतियोगिता अवधिभरमा २३ जना ब्याट्सम्यानले अर्धसतक बनाए । प्रतियोगितामा कुशल भुर्तेलका अतिरिक्त नेपालका अन्य चार ब्याट्सम्यान कुशल मल्ल, आसिफ शेख, गल्सन झा र कप्तान रोहित पौडेलले पनि अर्धसतक बनाएका थिए । प्रतियोगिताको एउटै खेलमा सर्वाधिक विकेट लिने बलर भने मलेसियाका मुहम्मद अमिर हुन् ।

यसैगरी सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा नेपालका कप्तान रोहित पौडेल अग्रस्थानमा रहे । उनले प्रतियोगिता अवधिभरमा सातवटा क्याच लिएका थिए । यसैगरी नेपालका ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । उनले प्रतियोगितामा कुल ११ वटा छक्का हिर्काए ।

Advertisement

यसका अतिरिक्त उनले १८ वटा चौका पनि प्रहार गरेका थिए । यो सूचिमा नेपालका कुशल मल्ल दोस्रो स्थानमा रहे । उनले आठवटा छक्का हिर्काएका थिए । यो छनोट प्रतियोगिताबाट नेपाल र ओमान सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट भएका छन् । यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोलीले टी—२० विश्वकपको नवौँ संस्करण खेल्न पाउने प्रावधान थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top